राष्ट्रपति, प्रधानमन्त्रीलगायतको फोटो बिगार्ने गोपीबल पक्राउ

बैशाख १०,काठमाडौँ । उच्च ओहोदाका विभिन्न व्यक्तिको फोटो बिगारेर सामाजिक सञ्जालमा पोस्ट गर्ने व्यक्ति पक्राउ परेका छन् ।

राष्ट्रपति, प्रधानमन्त्री, मन्त्रीहरु, विभिन्न दलका नेताहरुको फोटो बिगार्ने, अरुको शरीरमा उनीहरुको फोटो राख्ने, अश्लिल गाली गर्नेलगायतका काम गरेको भन्दै मकवानपुरका भिमफेँदी घर भएका गोपीबल लामालाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसर टेकुले जनाएको छ ।

उनलाई हेटौँडाबाट पक्राउ गरिएको र विद्युतीय कारोबर अन्तर्गतको कसुरमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

संम्बन्धित समचार

Leave a Comment