राजपाले भन्यो-‘सरकारले ल्याएका दुईवटा अध्यादेशले राजनीतिलाई नै कलङ्कित बनायो’

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७७ बैशाख १०, बुधबार (४ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

बैशाख १०,काठमाडौँ । राष्ट्रिय जनता पार्टी नेपालले सरकारले सोमबार ल्याएका दुई वटा अध्यादेशले राजनीतिलाई नै कलङ्कित बनाएको प्रतिक्रिया दिएको छ । राजपाको अध्यक्ष मण्डलका संयोजक शरदसिंह भण्डारीले मङ्गलबार आज विज्ञप्ति निकालेर विश्व नै कोरोनाको महामारीले थलिएका बेला अध्यादेश ल्याउनु असामयिक र संवेदनहीन निर्णय भएको बताएका हुन् ।

उहाँले यसले समग्र राजनीतिलाई नै कलङ्कित बनाएको राजपाको ठहर रहेको बताउनुभएको हो । राजनीतिक दल विभाजन गर्न सजिलो बनाउने गरी ल्याइएको अध्यादेशले जनभावना विपरीत स्थिरता स्थायित्व आर्थिक समृद्धिको मान्यताविरुद्ध र देशलाई अस्थिरतातर्फ धकेल्ने षड्यन्त्र भएकाले तत्काल अर्को निर्णय गरी अध्यादेश खारेज गर्न राजपाले माग गरेको छ ।

यस्तै संवैधानिक परिषद्का विपक्षी दलका नेतालाई भूमिकाविहीन बनाइ संवैधानिक निकायमा आफूखुसी नियुक्ति गर्न तथा देशलाई एकात्मकता, निरङ्कुशता र अधिनायकवादतर्फ लैजाने मनसाय स्पष्ट भएको आरोप पनि राजपा नेपालले लगाएको छ ।

सरकारको यो कदमले राजपालाई कुनै असर नपार्ने दाबी गर्दै कोरोनाको जोखिम कम गर्न सबैले आ–आफ्नो ठाउँमा दत्तचित्त भएर लाग्न पनि राजपा नेपालले आग्रह गरेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस