लकडाउनको नयाँ नियम आउदै : अब ठाउँ अनुसार नियम परिमार्जन हुने

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७७ बैशाख १०, बुधबार (४ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

वैशाख १०, काठमाण्डौ । नोबेल कोरोना भाइरस नियन्त्रणका लागि सरकारले मुलुकभर जारी गरेको लकडाउन अर्थात् बन्दाबन्दीलाई ठाउँ अनुसार परिमार्जन गर्ने भएको छ । चौथो चरणबाट परिस्थिति हेरेर कार्यान्वयन गर्नेगरि सरकारले गृहकार्य सुरु गरेको छ । गत चैत ११ गतेदेखि सुरु भएको बन्दाबन्दीको आदेश तेस्रो पटकका लागि सरकारले यही वैशाख १५ सम्म कायम रहने निर्णय गरिसकेको छ । अर्थ एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्री डाक्टर युवराज खतिवडाले आगामी बन्दाबन्दी कहाँ खुकुलो बनाउने र कहाँ कडाइका साथ लागू गर्ने भन्ने बारेमा अध्ययन भइरहेको बताएका छन् ।

सरकारको अध्ययनको निष्कर्षका आधारमा १५ गतेअघि निर्णय लिने मन्त्री खतिवडाले जानकारी दिए । भारत, चीनलगायतका मुलुकमा कोरोनाको अवस्था नियन्त्रणमा नरहेका कारण सीमा नाका भने तत्कालै खोल्ने तयारी नभएको मन्त्री खतिवडाले जानकारी दिए । उनका अनुसार भारतबाट अनधिकृत रुपमा नेपाल आउने तर जानकारी धेरै समयपछि मात्र थाहा हुने भएका कारण पनि पछिल्लो समय नेपालमा जोखिम बढेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस