हुम्लामा हेलिकोप्टरको पंखाले लागेर एक जनाको मृत्यु

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७५ श्रावण २९, मंगलबार (६ साल अघि)
  • १९ पटक पढिएको
Post Thumbnail

साउन २९,काठमाडौँ । हुम्लाको हिल्सामा मनाङ एयरको हेलिकोप्टरको पंखाले लागेर एक जना भारतीय नागरिकको मृत्यु भएको छ ।

प‌ंखाले लागेर भारतीय नागरिक नगेन्द्रकुमार कार्तिकको मृत्यु भएको हुम्लाका प्रमुख जिल्ला अधिकारी माधवप्रसाद ढुंगानाले जानकारी दिए ।

‘अपरान्ह सवा ३ बजे प्यासेन्जर ओराल्दै गर्दा पछाडिपट्टीको पंखाले लागेर मृत्यु भएको हो’, ढुंगानाले भने, ‘हेलिकोप्टर सिमिकोटबाट त्यहाँ गएको थियो ।’

हाल जिल्ला प्रहरी कार्यालय, हुम्लाको टोली मुचुल्का लागि घटनास्थलतर्फ गएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस