रौतहटमा छोराछोरीसँगै आमाले बिष पिउँदा २ जनाको मृत्यु

  • अनलाइन केन्द्र
  • / समाज /
  • २०७७ बैशाख १०, बुधबार (४ साल अघि)
  • १  पटक पढिएको
Post Thumbnail

वैशाख १०, रौतहट । रौतहटको मौलापुर नगरमा घरायसी विवादका कारण छोराछोरीसँगै एक आमाले विष सेवन गरेकी छिन । विष सेवनबाट आमा र छोरीको मृत्यु भैइसकेको छ भने छोराको उपचार जारी रहेको छ । मौलापुर नगरपालिका १ का रामलाल महतो कोइरीको ३५ वर्षीया श्रीमती सोनावती महतोले मंगलबार बेलुकी १४ वर्षीय छोरा दिपक महतो र ७ वर्षीया छोरी सोनिकुमारीलाई बिष शेवन गराई आफू पनि शेवन गरेको प्रहरीले जनाएको छ ।

बिष सेवनपछि अवस्था गम्भीर भएपछि तीनै जनालाई मौलापुरको एक निजिक्लिनिकमा सामान्य उपचार पछि थप उपचारका लागि एम्बुलेन्सबाट नेशनल मेडिकल कलेज बीरगंज पठाईएको थियो । सोनावतीको उपचारको क्रममा राति र छोरीको आज बिहान मृत्यु भएको ईलाका प्रहरी कार्यालय मौलापुरका सई आमोदप्रसाद यादवले जानकारी दिएका छन् । छोरा दिपक महतोको उपचार भैइरहेको र अवस्थामा सुधार भैइरहेको स ई यादवले जानकारी दिए । मृतक दुबैजनाको शव पोष्टमार्टम भैइ घटनाको अनुसन्धान भैइरहेको ईलाका प्रहरी कार्यालय मौलापुरले जनाएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस