सगरमाथा चिनको ? पिपल्स डेलीले यसरी गर्यो प्रचार !

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७७ बैशाख १०, बुधबार (४ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

बैशाख १०,काठमाडौँ । उत्तरको छिमेकी चीनले सगरमाथाको विषयमा फेरि एकपटक विवाद निकालेको छ। स्वाम स्वामित्वको विषयलाई लिएर चीनले गरेको दावीले विवाद उठ्न सक्ने देखिएको हो। यो विवादलाई चीनको सरकारी संचार माध्यम पिपल्स डेलीले निकालेको हो।

सगरमाथाको उत्तरी मोहोडातर्फ फाइभ जी टावर राख्दै गरेको तस्विर र भिडियो सहित ट्वीट गरेको पिपल्स डेलीले सगरमाथालाई चीनको स्वशासित क्षेत्र तिव्वतको रहेको भनि उल्लेख गरेको छ।

तत्कालिन प्रधानमन्त्री विपी कोइराला प्रधानमन्त्री भएकै बेला चीनसँगको सीमा विवाद सुल्झाएर सगरमाथा नेपालतर्फ रहेकोमा सहमति भइसकेको हो। सगरमाथाको विवाद सुल्झिए पछि चीनले पनि संसारकै अग्लो हिमाल नेपालमा रहेको आधिकारीक रुपमा स्विकार्दै आएको थियो।

तर चीनको सरकारी संचार माध्यम पिपुल्स डेलीले सगरमाथालाई चीनको स्वसासित क्षेत्र तिव्वतको भएको दावी गरेर सगरमाथाको विषयलाई फेरि विवादमा तानेको छ।

फाइभ जी विस्तार संसारकै अग्लो ठाउँमा गरेको ब्राण्डिङ गर्ने नाममा चीनले सगरमाथाको विषयलाई फेरि एकपटक विवादमा तानेको हो। फाईभ जी राखिएको खण्डमा सगरमाथाको पर्यावरणिय दृष्टिकोणले समेत ठुलो क्षती पुग्न सक्ने आंकलन गरिएको छ ।

सगरमाथालाई तिव्वती भाषामा झ्यामोलुङमा भनिन्छ। संसारभर माउण्ट एभरेष्ट भनेर चिनिने संसारकै अग्लो ८,८४८ मिटर अग्लो सगरमाथामा चीनले फाइभ जीको वेस स्टेशनहरु बनाइरहेको छ। यसले सगरमाथामाथीको प्रहनर भनेर बुझ्न पर्ने पकृतिविदहरु बताउछन ।

पिपल्स डेलीका अनुसार फाइभ जी वेस स्टेशनहरु सगरमाथाको उत्तरी मोहोडाको ५३ सय मिटरको वेस क्याम्पमा रहने छन्। त्यसैगरि ५८ सय मिटर र ६५ सय मिटरमा समेत टावर सहितका फाइभ जी बेस स्टेशन रहने छन्।

सगरमाथामा पनि फाइभ जी स्टेशन राख्ने कार्यको वातावरणवादीहरुले विरोध गरेका छन्। सेटलाइट कनेक्सनबाट सम्पर्क हुने ठाउँमा फाइभ जीको स्टेशन र टावर बनाएर वातावरण विनाशमा लागेको चीनमाथि आरोप पनि लागेको छ। अब सगरमाथामा पनि इलेक्ट्रोम्याग्नेटीक रेडियसन पुग्ने चिन्ता समेत कतिपयले व्यक्त गरेका छन्।

ताजा अपडेट

खोजी गर्नुहोस