दल विभाजन अध्यादेश : तत्कालै स्थायी कमिटी बैठक बोलाउन दबाब

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७७ बैशाख १०, बुधबार (४ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

वैशाख १०, काठमाडौँ । अहिले विवाद र आलोचनाको केन्द्रमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीको कार्यशैलीलाई लिएर सत्तारुढ नेकपामा असन्तुष्टि बढ्दै जाँदा नेकपा स्थायी कमिटी बैठक तत्कालै बोलाउनका लागि त्यसका सदस्यहरुले दबाब अभियान सुरु गरेका छन् ।

सोमबार दल विभाजन सम्बन्धी ऐन संशोधन गरी अध्यादेश जारी भए लगत्तै नेकपा अध्यक्ष समेत रहेका ओलीविरुद्ध शीर्ष तहमै आलोचना हुन थालेपछि तत्कालै स्थायी कमिटि बैठक बोलाउनुपर्ने दबाब दिन करिव ३० कमिटि सदस्यले मौखिरुपमा सहमति जनाइसकेका छन् ।

अभियानको संयोजन कमिटी सदस्य एवं पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डे, भीम रावललगायतले गरिरहेका छन् । नेता पाण्डेले पछिल्लो समय पार्टीभित्र विकसित घटनाबारे नेतृत्वले स्पष्ट पार्नु पर्ने आवश्यकता रहेको र आफ्ना सुझाव पेश गर्नका लागि स्थायी कमिटी बैठक आवश्यक रहेको र त्यसका लागि सदस्यहरुसँग सरसल्लाह गरिरहेको बताईएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस