शिक्षामन्त्री पोखरेललाई इक्यानका पुर्व अध्यक्ष बरालको मार्मिक पत्र

Post Thumbnail

श्री माननीय शिक्षा मन्त्री ज्यु
हार्दिक अपिल !

बिषय: विद्यार्थीहरुको परिक्षा बारे ।

आज बिश्व मानव विरुद्ध कोविड -१९ भाइरस सङ लड्दैछ र अन्तिम मानव जातिले तेस्रो बिश्व युद्ध जित्नेछ । तर यो लडाइ घर भित्र बसेर मानव मानव बिच समाजिक दुरी कायम गदै साबुन पानीले हात धुदै मुखमा माक्स लगाउदै कुनै अस्त्र ,क्षेपास्त्र , अत्याधुनिक हतियार र सिपाहीहरु बिना युद्ध जित्दैछ न कुनै देश देश बिच । यी समाज, देश संचालन वा निर्माण र नेतृत्व गर्न पहिला संस्कार र संस्कृति , ज्ञान र बिज्ञान , बुद्धि र विवेक चाहिन्छ ! आज मानव जाती बिश्व स्वास्थ संगठन (WHO) को र नेपाल सरकारको आव्हान लाई र निर्देशनलाई पालना गर्दै आइरहेको अबस्थामा यी सबै चिज उपलब्ध गर्न सर्बप्रथम शिक्षा आवाश्यकता छ । हामी नेपाली ऋषिमुनि देखि बेदको संस्कृत भाषाको माध्यम बाट गुरुकुलिन शिक्षा हुँदै आज सैद्धान्तिक , बैज्ञानिक र ब्यबहारिक शिक्षा प्रणालीमा बिश्वमा केही सम्पन्नता देशहरूले सुरु गरिसकेको अबस्था संगै नेपाल पनि प्रवेश गरेको परिस्थिति छ र आजको युवा पुस्ताको माग र आवाश्यक्ता हो ।

ती शिक्षा लिन शिक्षालय बन्द छ शिक्षक र विद्यार्थीहरु लकडाउनमा छ्न । यी बिचमा समन्वय गर्ने, स्वीकृति दिने , अनुगमन , मुल्यांकन ,कार्बाही गर्ने र सर्टिफिकेशन गर्ने राज्य हो । एउटा विद्यार्थी निजी स्तरमा नर्सरी देखि प्रवेश र सरकारी र सामुदायिक बिध्यालयमा कक्षा १ बाट SEE र कक्षा १२ सम्म आइपुग्दा एउटा विद्यार्थीले कम्तीमा ४० पटक देखि बढीमा ५५ पटक सम्म परिक्षा दिदै परिणामस्वरुप नतिजा प्राप्त प्रप्ताङ्क आइसकेको छ र यो पटकको परीक्षा प्रहिलो र अन्तिम पनि होइन विषम परिस्थितिको महामारीको उपच हो सबैलाई अबगत छ । त्यसैले यो विषम परिस्थितिमा विद्यार्थीहरुको अध्ययन अध्यापन समाप्त भैसकेको र परीक्षाको मिति सम्म तोकिएकोले विषम परिस्थितिमा परिक्षा स्थगीत गरीएको छ । विद्यार्थीहरु परिक्षाको तयारीमा बसेर परीक्षा स्थगित र अर्को सूचना प्रकाशित गर्न र परिक्षा लिने समय अनुकुल र अनिश्चित भएकाले मनोबैज्ञानिक असर परेको छ ! यतिखेर न शिक्षा मन्त्रालय न शिक्षालय न विद्यार्थीहरु न अभिभावक कमि कसैमाथि छैन केवल बिश्व महामारी मात्रै जिम्मेवारी छ ! विद्यार्थीहरु को एस इ इ , कक्षा ११र १२ सि टि इ भि टि (CTEVT) , लगायत अन्य तोकिएको परिक्षाको बारेमा राज्यले दुरदर्शिता सहित बिबेकशिल निर्णय लिनु उपयुक्त हुन्छ । परिक्षालाई नजरअन्दाज गर्दै बन्दक र बन्चितबाट मुक्त गराउन सकिन्छ !

क) परिक्षा असम्भव

१) लकडाउन ( हिड्डुल र आवतजावत बन्द)।
२) सामाजिक दुरी कायम ।
३) दिनानुदिन कोरोना संक्रमण वृद्धि ।
४) पुर्ण रूपमा कोरोनाको ह्यापिट टेष्ट नसक्किएको ।
५) यस्तो विषम परिस्थितिमा अभिभावक आफ्ना छोराछोरी परिक्षा केन्द्रमा उपस्थिति गराउन असमर्थन ।
६) बिश्व स्वास्थ संगठन( WHO) र नेपाल सरकारको आव्हानको उलघन हुन सक्ने ।
७) डर , त्रास र भएमा परिक्षा भएमा परिणाममुखी नहुने ।
८) घर घरमा लकडाउनले बालबालिका र विद्यार्थीहरुको मानसिकतामा कमजोरी।
९) लकडाउनमा घर घरमा अध्ययन गर्ने परिस्थिति र बाताबरण सहज नभएको परिस्थिति ।

ख) परिक्षाको मापन विधि

१) एस इ इ (SEE) को लागि कक्षा दश (१०) जिल्ला स्तरीय टेष्ट्को नतिजा र स्कुलबाट गरिएको सिफारिसलाई आधार बनाउन सकिन्छ ।
२) कक्षा ११ का लागि एसइइ (SEE) मा प्राप्ताङ अङ्कको आधार र शिक्षालय सिफारिसको रेसियो प्राप्ताङ्क दिन सकिने ।
३) कक्षा १२ का लागि SEE र कक्षा ११ को प्राप्तङ्क र शिक्षालयको सिफारिस लाई आधार बनाउने ।
४) जुन स्तरको परीक्षा भए पनि उत्तर पुस्तिका जाँच गर्ने उहीँ शिक्षालयका शिक्षक हुन ब्यक्ति मात्र फरक हुन । पद्धति र प्रक्रिया उहीँ हो समय र अबधि मात्रै फरक भएकाले असर नपर्ने ।
५) विषम परिस्थिति भएकाले यो बर्षको लागि मात्र ।
६) ग्रेडिङ प्रणाली भएकाले पास र फेल को प्रक्रिया नभएको हुदा असर नपर्ने ।
७) सदैव यो प्रक्रिया नभै बिश्व महामारी का कारणले गर्दा ।

ग) राज्य र समाजलाई फाइदा

१) परिक्षा लिदा लाग्ने करोडौं रकमले COVID- 19 बाट बचाउन स्वास्थ क्षेत्रमा खर्च गर्न सकिने।
२) लकडाउन कायम गर्न सकिने र सामाजिक उत्तर दायित्व बहन हुने।
३) लकडाउन खुले पनि विद्यार्थी र अभिभाबक शशांकीत र भयाबह मनस्थिति र मानसिक रुपमा बच्न सकिने।
४) विद्यार्थीहरुको समयावधीलाई असर नपर्ने ।
५) फोन र इमेल मार्फत भर्ना संचालन गर्न सकिने।
६) नयाँ सेमेस्टर लाई शिक्षालय र शिक्षा , बिज्ञान तथा प्राबिधिक मन्त्रालय आन्तरिक तयारीमा सक्रिय रहन सक्ने ।
७) बालबालिका तथा विद्यार्थीहरुको सकारात्मक सोचइमा मनोबैज्ञानिक स्तर वृद्धि हुने ।
८) अभिभावकहरु आशंकित तथा डर र त्रासबाट मुक्त हुने ।
९) अन्तर्राष्ट्रिय स्तरमा शिक्षा र बालबालिका क्षेत्रमा शैक्षिक अधिकार स्थापित र सुनिश्चितता हुनेछ ।
१०) कोरोना जस्तो महामारी ले घर घरमा फिजडा भित्र कुजिएका बालमनोबैज्ञानिकलाई फेरि परिक्षा सम्म ल्याउन बालमनोबैज्ञानिक परामर्शको जुरुरत तुरुन्तै नपर्ने र अभिभावकले परामर्श दिन सकिने।
११) परिक्षाको परिणामले विद्यार्थीहरुलाइ सकारात्मक सोच र हौसला मिल्नेछ ।
१२) अभिभावक को शिक्षामा गरको लगानी सुरक्षीत र चिन्ता मुक्त ।
१३) राज्यले शिक्षामा गरेको लगानीको संरक्षण र उपलब्धि हुन्छ ।

यी माथीका कुरालाई ध्यान दिदा सम्पुर्ण परीक्षामा सामेलको लागि तयारी सम्पुर्ण विद्यार्थीहरुलाई ग्रेडिङ प्रणालीबाट परिक्षाको परिणाम जारी गरुन ।

बिश्व मानव जातिको स्वास्थ र शिक्षा नैसर्गिक अधिकार हो र नेपालको संविधानले समेत अधिकार सुनिश्चित गरेको छ । त्यही अनुसार ऐन कानुन समेत लागू भैसकेको अबस्था छ र सैद्धान्तिक , बैज्ञानिक र ब्यबहारिक शिक्षा अनुसार विषम परिस्थिति र बिश्व महामारीको विशेष कारणबसले शिक्षा मन्त्रालय नेपाल सरकारले गम्भीरतापुर्बक ध्यानाकषिर्त हुनुपर्छ ।अब यी माथीका कुरामा मनन गर्दै लाखौं भोलिका कर्णधार विद्यार्थीहरु को बौद्धिक लगानी र सकारात्मक सोच सहित हौसलाका कारण भबिष्य निर्माण गर्न सहज हुने भएकाले अभिभावक महासंघ , शिक्षाक युनियन महा संघ , प्याब्सन , एन प्याब्सन , हिसान , विद्यार्थी संघसंगठन र सरकार सहितको पहलमा यी कार्य गरेमा सुन्दर भबिष्य निर्माण मा सहयोग पुनेछ र सबैको ध्यानाकर्षण रहोस् ।

नेपालमा हालसम्म information Technology र technical मा पुर्ण रुपमा गैनसकेको र हाल सबैको हातमा ल्यबट्प र आइ फोन अनि ईन्टरनेट उपलब्ध नभैसकेको अबस्था छ र विद्यार्थीहरुमा पुर्ण ज्ञान प्राप्त नभेकाले स्कुल स्तरको सहरी भेगमा उचित र ग्रामीण भेगमा असम्भव छ र यो उच्च शिक्षा मा आंशिक सम्भब रहला अहिने online class भनेर केहि शिक्षालयले शुरु गरिसकेको अबस्था छ ।यो प्रबिधि विकल्पको रुप लिन सकिन्छ र विद्यार्थीहरु कृयाशिल हुनसक्छन् । यो राम्रो कुरा हो ।तर परिक्षालाई कसरी परिणाममुखी बनाउने त्यो राज्यको दायित्व हो ।

राज्यले आपत बिपतमा जनताको पक्षमा उभिएर र साहसिक निर्णय लिइ जनताको स्वास्थलाइ प्रमुख रुपमा लिएर हाल सम्म दु:खद समाचार सुन्न पाइएको छैन संक्रमण बाहेक प्रधानमन्त्री ज्यु र नेपाल सरकारले लिएको यस कदमप्रति धन्यवादको पात्र हो सरकार र तदारुकतासाथ अगाडि क्रियाशिल छ ।यहि कोरोना महामारीले सिर्जित परिक्षा र अध्ययनको समस्या सामधान गर्न शिक्षा , बिज्ञान तथा प्राबिधिक मन्त्रालय ,नेपाल सरकारले तदारुकता देखाउछ भन्ने बिश्वत छु। अभिभावक महासंघका सम्योजक ज्यु बाट पनि आवाज उठाउदै आउनु भएको छ। बिद्यार्थी त्येसैले अध्ययन अध्यापन सङै हालको अबस्थामा SEE र कक्षा ११, १२ को परीक्षामा जोड दिनको लागि जिम्मेवारी निकायलाइ हार्दिक अनुरोध गर्द्छु ।

– राजेन्द्र बराल ।

ताजा अपडेट

खोजी गर्नुहोस