लककडानमा लक छैन काभ्रे प्रहरी : बलात्कार गर्नेलाई यसरी गर्यो पक्राउ

बैशाख १०,काठमाडौँ । अहिले कोभिड १९ रोगको संक्रमणको बेला रोग फैलन नदिन लकडाउन जारी गरिएको छ । सबै मानिस घरमा बन्दाबन्दी अबस्थामा बसिरहेका छन् । तर नेपाल प्रहरी भने एक त लकडाउन कार्यान्वयनमा सक्रिय भएर लागेको छ । अर्काे दैनिक कामकाज र शान्ति सुरक्षामा समेत खटिएको छ ।

विभिन्न अपराध गरेर फरार भएकाहरुलाई समेत उसले खोजी खोजी पक्राउ गरिरहेको छ । यस्तै एउटा उदाहरण काभ्रे प्रहरीले पेस गरेको छ । यहाँका प्रहरी उपरीक्षक रविराज पौडेलको नेतृत्वको टोलीले अहिले आपराधिक गिरोह र विगतमा घटना घटाएर फरार रहेकाहरुको खोजीमा समेत सक्रिय भएर लागेको छ । त्यसैको उदाहरण आज बलात्कार गरेर फरार हुँदै आएका तीन जनालाई पक्राउ गर्न सफल भएको छ ।

बलात्कार आरोपमा पक्राउ पर्नेमा काभ्रेको मण्डनदेउपुर नगरपालिका ८ कुन्ताबेशी स्थायी घर भई हाल बनेपानगरपालिका १० थापागाउँ बस्ने वर्ष १९ को सविन गौतम, हेलम्बु गाउँपालिका ४ शेरा स्थायी घर भई बनेपा १० डेरा गरी बस्ने सविन दुलाल, पनौती ५ सुन्दरबस्ती बस्ने १८ वर्षका सन्देश थापा रहेका प्रहरी उपरीक्षक पौडेलले जानकारी दिए ।

घटना गत असोज ६ गतेको हो । सिन्धुपाल्चोकको त्रिपुरासुन्दरी गाउँपालिका २ स्थायी घर भई हाल काभ्रे जिल्लाको धुलिखेल नगपालिका ६ हस्पिटल चोक बस्ने वर्ष १६ की एक किशोरीलाई विभिन्न प्रलोभन देखाई बा ५ च ३८४९ नम्बरको बलेरोमा राखी लगेका केही युवाहरुले लगे ।

उनीहरुले धुलिखेलबाट बनेपाको काभ्रे क्याम्पसभन्दा माथि जंगलमा लगि गाडी भित्रै जबरजस्ती करणी गरे । प्रहरीको अनुसन्धानमा त्यही खुल्यो । उक्त कसूरमा फरार रहेका प्रतिवादीलाई खोजतलासको क्रममा वारदातमा प्रयोग भएको सवारी साधानसहित फेला पारी पक्राउ गरिएको छ ।

जबरजस्ती करणी पश्चात फरार रहेका प्रतिवादीहरु बिरुद्ध मुलुकी अपराध संहिता, २०७४ को करणी सम्बन्धी कसूर अन्तर्गत जबरजस्ती करणी (दफा २१९) शिर्षकमा असोज १६ गते नै जिल्ला प्रहरी कार्यालय काभ्रेमा जाहेरी परेको थियो । कार्यालयमा जाहेरी दर्ता भई अनुसन्धानको क्रममा रहेको बेला उनन्ीहरुलाई प्रहरीले पक्राउ गर्न सफल भएको हो ।
निजहरु बिरुद्ध काभ्रेपलाञ्चोक जिल्ला अदालतबाट गत असोज १७ गते पक्राउको अनुमती लिई खोजतलास भईरहेको थियो । निजहरु लुकीछिपी बसी रहेको अवस्थामा उनीहरु बस्दै आएको ठाउँबाट पक्राउ गरी आज अदालतमा म्याद थपको अनुमती लिई थप अनुसन्धान भईरहेको प्रहरी उपरक्षिक रविराज पौडेलले जानकारी दिए । उनीहरुको साथबाट बा ५ च ३८४९ नम्बरको बोलेरो गाडी नियन्त्रणमा लिइएको प्रहरी नायव उपरीक्षक कुमारविक्रम थापाले जानकारी दिए ।

संम्बन्धित समचार

Leave a Comment