एकिकृत अनेरास्ववियुको नेतृत्वमा तिनजनाको नाम अगाडी, यस्तो छ नयाँ समिकरण !

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७५ श्रावण २९, मंगलबार (६ साल अघि)
  • २३ पटक पढिएको
Post Thumbnail

साउन २९,काठमाडौँ । अनेरास्ववियु र अनेरास्ववियु (क्रान्तिकारी)बीच एकता भएर बन्ने एकिकृत अनेरास्ववियुको नेतृत्वका लागि त्रिपक्षीय प्रतिष्पर्धा सुरु भएको छ ।

एकिकृत अखिलको अध्यक्ष बन्नका लागि नेकपाका दुई अध्यक्ष ओली र प्रचण्डका दुई जना विश्वास पात्रका साथै बरिष्ठ नेता माधव नेपाल र झलनाथ खनालका विश्वास पात्र पनि दौडमा छन् ।

प्रधानमन्त्री समेत रहेका नेकपा अध्यक्ष केपी ओलीले आफ्ना विश्वास पात्र ऐन महरलाई अध्यक्ष बनाउन चाहेका छन् ।

उता, अर्का अध्यक्ष पुष्पकमल दाहालले पनि आफु निकटका रञ्जित तामाङलाई अध्यक्ष बनाउनुपर्ने अडान कसेका छन् ।

पार्टीका दुई अध्यक्षले एक एक जना उम्मेदवार बोकेपछि बरिष्ठ नेता माधव नेपालले पनि सुदेश पराजुलीका नाममा अडान लिएका छन् । पराजुलीका पक्षमा अर्का बरिष्ठ नेता झलनाथ खनाल पनि उभिएका छन् ।

महर अनेरास्ववियुको महासचिव थिए भने तामाङ अखिल क्रान्तिकारीका अध्यक्ष थिए ।

पराजुली भने माधव नेपाल र झलनाथ खनालको विश्वास पात्रका बनेर अनेरास्ववियुको केन्द्रिय सचिवको जिम्मेवारीमा थिए ।

अखिल एकिकरणका लागि नेकपा केन्द्रिय कमिटी सदस्य तथा पर्यटन मन्त्री रबिन्द्र अधिकारी, अखिल अध्यक्ष नविना लामा, अखिल (क्रान्तिकारी) अध्यक्ष रञ्जित तामाङ र रमेश मल्ल सदस्य रहेको कार्यदल गठन भएको छ ।

सो कार्यदलले भदौ ५ गतेसम्म एकिकरण गरिसक्ने अख्तियारी पाएको छ । कार्यदलले गठन गरेको उप समितिले एकताको मोडालिटी समेटिएको प्रतिवेदन भदौ २३ गते नै बुझाईसकेको छ ।

उप समितिले एकिकृत संगठनको केन्द्रिय कमिटी बढीमा ४९९ सदस्यीय बनाउने र संयोजक सहित ९ सदस्यिय केन्द्रिय कार्यालय निर्माण गर्न सिफारिस गरेको थियो ।

ओली र प्रचण्डले एक एक जनाको नाममा अडान लिएपछि बरिष्ठ नेता नेपाल र खनालले पराजुलीका लागि कडा अडान लिईरहेका छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस