नेपालमा कोरोना: निको हुनेको संख्या ९ पुग्यो, ८१ बर्षीया बृद्धाले पनि जितिन कोरोनालाई !

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७७ बैशाख ११, बिहिबार (४ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

बैशाख ११,काठमाडौँ । पेप्सीकोलास्थित सनसिटी अपार्टमेन्टका दुई जना कोरोना संक्रमितहरु उपचारपछि घर फर्किएका छन् । उनीहरु पाटन अस्पतालमा उपचाररत थिए । नेपालमा कोरोनाबाट निको हुनेको संख्या यो संगै ९ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा. विकास देवकोटाले बिहीबार आयोजित पत्रकार सम्मेलनमा पेप्सीकोलाका ५८ र ८१ वर्षीय व्यक्तिहरु डिस्चार्ज भएको जानकारी दिएका हुन् । उनीहरु आमा–छोरा रहेको मन्त्रालयले जनाएको छ । उनीहरुमा वैशाख १ गते कोरोना पुष्टि भएको थियो ।
उनीहरुको परिवारकी ५२ वर्षीया बुहारीमा पनि कोरोना संक्रमण हुनसक्ने भएकाले स्वास्थ्य परीक्षण गरिएको थियो । तर रिपोर्ट नेगेटिभ आएपछि डिस्चार्ज गरिएको थियो ।

ताजा अपडेट

खोजी गर्नुहोस