भोजपुरमा एक पुरुषलाई कोरोना संक्रमण ! संक्रमित संख्या ४८ पुग्यो

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७७ बैशाख ११, बिहिबार (४ साल अघि)
  • १  पटक पढिएको
Post Thumbnail

बैशाख ११,काठमाडौँ । भोजपुरमा पनि कोराना भाइरस (कोभिड–१९) का एक संक्रमित भेटिएका छन् । हथुवागढीका २६ वर्षीय पुरुषमा कोरोना संक्रमण भेटिएको प्रदेश १ सरकार स्रोतले बताएको छ । उनको थ्रोट स्बावको परीक्षण वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा गरिएको थियो । संक्रमित व्यक्ति विदेशबाट आएको भनिए पनि थप विवरण आइसकेको छैन ।

यससँगै कोरोना संक्रमितको संख्या ४८ पुगेको छ । उनीहरूमध्ये १० जना उपचार गरेर घर फर्किसकेका छन् ।

बिहीबारमात्र स्वास्थ्य मन्त्रालयले उदयपुरकी ५५ वर्षीया महिला र जनकपुरका १४ वर्षीय किशोरमा संक्रमण देखिएको जानकारी दिएको थियो ।

ताजा अपडेट

खोजी गर्नुहोस