अध्यादेश फिर्तापछि नेताहरु भन्छन :’स्थायी समितीको बैठक तत्काल डाक्नुपर्छ, प्रधानमन्त्री यसै उम्किन मिल्दैन्’

 

बैशाख १२,काठमाडौँ । सरकारले विवादित अध्यादेश फिर्ता लिने निर्णय गरेपछि  नेताहरुले प्रतिक्रिया दिएका छन । अनलाईनकेन्द्रले केही नेताहरुलाई अध्यादेश फिर्ताबारे आफ्नो धारणा मागेको थियो । सोही क्रममा नेकपाका स्थायी समिती सदस्य सुरेन्द्र पाण्डेले भने– ‘हामीले फिर्ता लिनको लागी भनेका थियौँ, सरकारले फिर्ता लियो राम्रै भयो । उनले थपे, निर्णय फिर्ता लिएर मात्र हुदैन अव पार्टीले स्थायी समितीको बैठक पनि बोलाउन पर्छ । बैठकमा गम्भिर छलफल हुन्छ ।’

नेकपाकी अर्की नेतृ अष्टलक्ष्मी शाक्यले भनिन्–’ सबैभन्दा पहिले त सरकारले यो अध्यादेश ल्याउनै नहुने थियो । हामी यत्रो महामारीसंग लडिरहेको बेला, सबैजना लकडाउनमा बसिरहेको बेला । यहाँ चुनौती थियो सबै राजनितिक दल मिलेर कोरोनाविरुद्ध लड्नपर्ने बेला प्रधानमन्त्री जस्तो व्यक्तिले कसैको वास्ता नगरीकन,पार्टीका कुनै नेतासंग छलफल नगरिकन सचिवालय,स्थायी कमिटी कसैसंग छलफल नगरी दुईटा अध्यादेश हतारमा किन ल्याउनुभयो ? किन फिर्ता गर्नुभयो ? हामि त छक्क परेका छौँ । यसले त न गणतन्त्रलाई बलियो बनाउछ, न लोकतन्त्रलाई बचाउछ, न संविधानलाई बलियो बनाउछ, सवैलाई कुल्चियो । यति दुख गरेर गणतन्त्र ल्यायौँ , बलिदान गरेर लोकतन्त्र ल्यायौँ, संविधान बनायौँ । देश सम्मृद्धीमा लैजानुपर्ने बेला आफ्नो पार्टी पनि कमजोर बनाउने, अरुलाई पनि फुटाउदै हिँड्ने , यो खालको सोच कसरी आयो ? थाहा छैन् । फिर्ता लिनु त के ठुलो करा भयो र ? ठुलो कुरै भएन त्यो , उहाँले गलत काम गर्नुभयो, अहिले सच्याउनु भयो ।

स्थायी समितीको बैठकमा प्रधानमन्त्रीसंग तपाईहरु के गर्नुहुन्छ भन्ने प्रश्नमा उनले भनिन् – राजिनामा देखि स्पष्टिकरणसम्मको विषयमा उहाँसंग स्थायी समितीको बैठकमा छलफल हुन्छ, सम्पुर्ण विषयमा उहाँले जवाफ दिनपर्ने हुन्छ । अध्यादेश फिर्ता लिनुभयो भनेर अब स्थायी समितीको बैठक बस्दैन् स्थायी समिती चाहिदैन् भन्ने हुन्न । जुन किसिमले उहाँले स्थायी समितीलाई पनि बाइपास गरेर, सचिवालयका नेतालाई पनि थाहा नदिएर आफ्नै क्याविनेटका सदस्यलाई पनि थाहा नदिएर अध्यादेश ल्याउनुभयो, त्यो शतप्रतिशत गलत छ । यो दुखलाग्दो कुरा छ । गलत छ । अब तत्काल स्थायी समिती बैठकमा प्रष्ट पार्नुपर्छ के कारणले यो बेमौसमी बाजा बजाउन पर्यो ? त्यो जवाफ दिनपर्छ । यो सामान्य कुरा होईन् । उहाँ प्रधानमन्त्री भएपनि पार्टीको पद्धतीमा बस्नपर्छ । पार्टीको निर्णय गरेर जानुपर्छ । केन्द्रिय कमिटीको बैठक बोलाएर छलफल गर्नुपर्छ त्यसपछि पारित गर्नुपर्छ । तरिका त्यो हो, तर अब बैठक नै नबसी थाहै नदिइ सुटुक्क गर्नु भनेको त यो त आफ्नै पार्टीपद्धती विरुद्ध भयो । प्रणाली विरुद्ध भयो । यो अत्यन्तै गलत मनसायबाट गर्नु भयो । यसको जवाफ हामिलाई प्रष्ट चाहिन्छ, उसै उम्किन मिल्दैन् ।’

संम्बन्धित समचार

Leave a Reply