जसले सानोमा ज्यानमारा स्पेनिस फ्लु र अहिले १०७ वर्षको उमेरमा कोरोनालाई हराइन्

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७७ बैशाख १४, आईतबार (४ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

वैशाख १४, काठमाण्डौ । हामी सबैले चमत्कारहरु हुन्छन् भन्ने भनेर सुनेका छौं । तर, दुःखका साथ भन्नुपर्छ तिनलाई हेर्ने मौका हामीले हाम्रो दैनिक जीवनमा विरलै पाउने गर्छौं । झन आज चलिरहेको महामारीले संसारलाई नै टक्कै अडाएको बेला त यो झन गार्हो छ । त्यस्तै चमात्कारको कथा बनेकी छन् १०७ वर्षीया एक स्पेन महिला । स्पेनस्थित अंग्रेजी अखबार ुद ओलिभ प्रेसुले आनाको चमात्कारको कथा छापेको छ ।

सो प्रेसका अनुसार सन् १९१८ मा संसारका एक तिहाई मानिसको ज्यान लिएको स्पेनिस फ्लुबाट निको भएकी आना डेल भेल नाम गरेकी वृद्धाले फेरी त्यसको १०२ वर्षपछि कोरोना भाइरसको महामारीलाई माथ खुवाएकी छन्।
सन् १९१८ को जनवरीबाट सुरु भएर १९२० को डिसेम्बरसम्म वितण्डा मच्चाएको स्पेनिस फ्लुले त्यतिबेला झण्डै ५० करोड मानिसको ज्यान लिएको थियो । अहिले १०२ वर्षपछि अर्को महामारीमाथि एनाले प्राप्त गरेको चमत्कारी जितले रोन्डामा रहेको उनको परिवारमा फेरी खुशी छाएको छ ।

समाचार रिपोर्टहरूका अनुसार अल्काला डेल भालेको एक नर्सिङ होमा बस्ने उनलाई त्यहाँ बस्दै आइरहेका ६० जना अन्य मानिसहरूसँगै संक्रमण भएको थियो । त्यसपछि ला लिनियाको एक अस्पतालमा उनलाई भर्ना गरिएको थियो। उपचारपछि संक्रमणमुक्त भएकी उनी केही दिन अगाडिमात्र अस्पतालबाट डिस्चार्ज भएकी छन् ।

कोरोनाबाट निको भएसँगै सन् १९१३ को अक्टुवरमा जन्मिएकी एना कोरोनाबाट ठीक हुने स्पेनकै सबैभन्दा पाको मानिस बनेकी छन् । करिब ६ महिनापछि उनी १०७ वर्षको लाग्दैछिन् । कोरोनाबाट ठीक हुने सबैभन्दा पाको उमेरकी महिला भने नेदरल्याण्डकी १०७ वर्षकी कोर्नेलिया रास हुन् । स्पेनको अर्को स्थानीय मिडिया ुमलागा होएु ले आनाकी बुहारी प्याकी सान्केजसँग आफू र आफ्नो सम्पूर्ण परिवार अस्पतालका कर्मचारीहरूले गरेको काम प्रति कृतज्ञ रहेको प्रतिक्रिया दिएकी छिन् । उनले आफ्नी सासु कहिले कम त कहिले बढि खाने बताउँदै कहिलेंकाही वाकरको सहारामा हिँड्नेसमेत गरेको बताएकी छन् । यसैगरी अर्को मिडिया रिपोर्टका अनुसार स्पेनमा १०१ वर्षका अन्य दुई महिला पनि कोरोना भाइरसको संक्रमणबाट निको भएको जनाइएको छ ।

कोरोना महामारीबाट हालसम्म स्पेनमा झण्डै २३ जनाको मृत्यु भइसकेको छ भने ९५ हजार बढी संक्रमित निको भएर अस्पतालबाट डिस्चार्ज भइसकेका छन् । त्यहाँ संक्रमितको संख्या २ लाख २३ हजार ७ सय ५९ रहेको छ । स्पेन विश्वमा कोरोनाबाट बढी प्रभावित भएको दोश्रो देश हो । पहिलो नम्बरमा अमेरिका रहेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस