उपत्यकामा आजदेखि विहान १० बजेसम्म किनमेल गर्न पाइने

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७७ बैशाख १५, सोमबार (४ साल अघि)
  • २ पटक पढिएको
Post Thumbnail

काठमाडौं, बैशाख १५ । काठमाडौं महानगरपालिकाले आजदेखि विहान १० बजेसम्म किनमेल गर्न सकिने व्यवस्था गरेको छ । लकडाउनको अवधीमा बजारलाई सहज बनाउन स्थानीय प्रहरीसँग समन्वय गरेर बिहान १० बजेसम्म किनमेल गर्ने व्यवस्था मिलाएको महानगरेले जनाएको छ । महानगरपालिकाका प्रमुख बिद्यासुन्दर शाक्यको अध्यक्षतामा बसेको बैठकबाट लकडाउनको अवधि थप १० दिन थपिएकाले जनजिवन सामान्यतर्फ लैजान सोमबारदेखि किनमेलमा केहि खुकुलो बनाइएको हो ।

सामाजिक दूरी कायम गर्दै बजारलाई सहज बनाउन स्थानीय प्रहरीसँग समन्वय किनमेलको व्यवस्था मिलाउनसमेत शाक्यले सबैमा आग्रह गरेका छन् । बैठकले कोरोना नियन्त्रणका लागि वडामा पठाइएको बजेट, वडाबाट भएका काम, राहत वितरणका लागि संकलित विवरण, ¥यापिड डाइग्नोष्टिक परीक्षण, राहत वितरण, निःशुल्क भोजन व्यवस्थापनलगायतका बिषयमा केन्द्रीत भएर छलफल गरेको थियो ।

ताजा अपडेट

खोजी गर्नुहोस