काठमाण्डौ । नेपाली चलचित्रकी नायिका रिस्ता बस्नेतले एक हिन्दी गीतको म्यूजिक भिडियोमा मोडलिङ गरेकी छिन् । उनी अभिनित ‘साथिया तेरे विना’ बोलको भिडियो हालै रिलिज भएको छ ।
जी म्यूजिक कम्पनीको युटुब च्यानलबाट रिलिज भएको यो भिडियोको छायांकन नेपालमै गरिएको हो । यो गीतको भिडियोमा रिस्ताको साथमा भारतीय मोडल मञ्जुल खट्टरको अभिनय छ । नृत्य निर्देशक कमल राईले कोरियोग्राफी गरेको यो गीतको भिडियोमा पुरुषोत्तम प्रधानको छायांकन छ । कञ्चनजङ्घा सिने क्रियसनको निर्माणमा तयार भएको भिडियोलाई सम्राट शाक्यले निर्देशन गरेका हुन् । कात्तिक कुस र ज्योतिका तङ्गीको आवाज रहेको यो गीतमा पुनित अवस्थीको संगीत, संजिव पाण्डेको शब्द छ ।