साउन ३०,काठमाडौँ । नेपाली चलचित्र निर्जलाको शिर्षगित फेरी गित रेर्कड भएको छ । पुरानो गित प्राविधिक कारणले डिलिट भएपछि चलचित्रको शिर्ष गित फेरी रेर्कड भएको निर्देशक राजु गिरीले बताए । उनले केही दिनमै गित तयार हुने बताएका छन ।
असोज १९ गतेदेखि देशभरका चलचित्रहलमा लाग्ने चलचित्रको निर्जला प्रकाश चन्द्र न्यौपानेले प्रस्तुत गर्न लागेका हुन् । चलचित्र नायिका शुभेच्छाले नै लेखेकी हुन् । रबि कोइरालाको छायाँकन रहेको चलचित्रलाई तारा थापाले सम्पादन गरेका हुन् । चलचित्र आउँदो असोज १९ गतेबाट देशभरका सिनेमाघरमा आउने तयारीमा छ ।
चलचित्रमा किशोर खतिवडा, शुभेच्छा थापा र निम शर्माका अलवा श्याम राई, पल्पसा डंगोल, रश्मी भट्ट, राजकुमार थापा, राजेन्द्र गिरी, भीम खनाल, बाले तामाङ, अन्जली घिसिङ प्रेम पौडेल, बालकलाकार सागर गिरीलगायतका कलाकारको अभिनय रहेको बताइएका छ ।