अब वाक्यहरुबीच दुईवटा ‘स्पेस’ राखे माइक्रोसफ्टले गलत देखाउने

वैशाख १८, काठमाण्डौ । माइक्रोसफ्ट कम्पनीले टाइपिङ सम्बन्धी नयाँ आधिकारिक नियम लागू गर्ने भएको छ जस अन्र्तगत वाक्यहरुबीच दुईपटक स्पेस दिनु गलत हुनेछ । वाक्यका बीचमा दुईवटा स्पेस धेरै हुने भएकाले यस्तो गरिएको बताइएको छ । स्पष्ट लेखाइका निम्ति वाक्यहरुबीच दुईवटा या एउटा स्पेस प्रयोग गर्ने भन्नेबारे यसअघि पनि धेरै लामो विवाद चलेको थियो ।

यस्तोमा प्रयोगकर्ताले वाक्यबीच दुईपटक स्पेस थिचेमा माइक्रोसफ्ट वर्डले त्यसलाई गलत भनेर देखाउनेछ र सो वाक्य मुनि नीलो धर्का देखापर्नेछ । यो परिवर्तनबारे पहिलोपटक युनिभर्सिटी अफ डेन्भरका कानुन प्रोफेसर एलन छेनले पत्ता लगाएका हुन् र टेक आउटलेट, द भर्जले खबर गरेको हो जसले नयाँ सफ्टवेयर अपडेट नगर्दासम्म प्रयोगकर्ताहरुले यो बदलावबारे महसुस नगर्ने बताएको छ ।

वाक्यका बीचमा दुईवटा स्पेस प्रयोग गर्ने चलन वास्तवमा टाइपराइटरको युगदेखि नै रहँदै आएको थियो । त्यतिबेला टाइपिस्टहरुले वाक्य टुङ्गिएको स्पष्ट रुपमा देखाउन दुईपटक स्पेस थिच्ने गर्दथे । जबकी अहिले वाक्य र फन्टहरु पढ्न सजिलो हुनेगरी आफैँ मिल्ने गरेका छन् । त्यसपछिदेखि एकदम थोरै सङ्ख्यामा मात्र आधिकारिक स्टाइल गाइडहरुमा दुईपटक स्पेस दिन भनिएको छ ।

वास्तवमा दुईवटा स्पेस राख्नुको कुनै विशेष फाइदा नभएकाले पनि सो चलन हट्दै गएको बताइन्छ जसले केबल पानामा धेरै ठाउँ लिने काम मात्र गर्छ । तापनि बानी परेका कतिपय मानिसहरुले दुईपटक स्पेस राख्नु सहि भएको ठहर गर्दै आएका छन् । यस्तोमा माइक्रोसफ्टले अबबाट त्यस्तो लेखाइ गलत भनेर देखाउनेछ । र यसलाई नमान्नेहरुले ‘राइट क्लिक’ गरि ‘भ्यु अप्सन’ मा गएर वर्डलाई सो गलती नजरअन्दाज गर्न भन्न सक्नेछन् । नत्र वर्डले यसलाई सच्याएर एउटा स्पेस राखिदिनेछ । – सिएनएन

संम्बन्धित समचार

Leave a Reply