नेकपा विवाद नयाँ मोडमा : ओलीले गरे-वामदेवलाई प्रधानमन्त्री र माधव नेपाललाई अध्यक्षमा प्रस्ताव !

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७७ बैशाख १८, बिहिबार (४ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

वैशाख १८, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपा सचिवालय बैठक सम्पन्न भएको छ । बैठकमा पार्टी एकतालाई मजबुद बनाउने तथा जनातको चाहाना अनुसार देशको विकास सम्बृद्धतर्फ सरकारका काम कारवाही कसरी केन्द्रित गर्ने भन्ने लगायतका विषयमा छलफल भएको बैठक पछि प्रवक्ता नारायणकाजी श्रेष्ठले पत्रकारहरुलाई बताए ।
बैठकमा पार्टी भित्रको आन्तरिक समस्या तथा पार्टी एकताको सुदृढीकरणको महत्व तथा पार्टीका केही सदस्यहरूबाट माग भएको स्थायी कमिटिको बैठक लगायतका विषयमा गम्भीर छलफल भएको र छलफल जारी रहेको प्रवक्ता श्रेष्ठले बताए । उनले सचिवालयको अर्को बैठक बैशाख २० गते बस्ने र सो बैठकले उठेका विषयमा निर्णय गर्ने जानकारी गराए ।

ताजा अपडेट

खोजी गर्नुहोस