साउन ३०,काठमाडौँ । गृह मन्त्रालयले प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सरुवाको सूची प्रहरी प्रधान कार्यालयमा पठाएको छ ।
जसअनुसार काठमाडौं प्रहरी परिसरको प्रमुखको जिम्मेवारीमा वसन्त लामालाई पठाइएको छ भने रविन्द्र धानुकलाई ललितपुर प्रहरी परिसरको प्रमुख बनाइएको छ ।
उनीहरुसहित अन्य केही एसएसपीको सरुवा सूची प्रहरी प्रधान कार्यालयमा पुगेको प्रहरी स्रोतले जनाएको हो ।
काठमाडौंका नवनियुक्त प्रहरी प्रमुख लामा यसअघि ३८ क्वीन्टल सुन तस्करी अनुसन्धान समितिको सदस्य थिए भने धानुक २८ माघमा काठमाडौं प्रहरी परिसरबाट बाग्लुङ सरुवा भएका थिए ।
धानुकलाई हटाएर गृह मन्त्रालयले एसएसपी विश्वराज पोखरेललाई काठमाडौं प्रहरी प्रमुख बनाएको थियो । ललितपुरमा भने गणेशबहादुर ऐर प्रहरी प्रमुख थिए ।