संसदीय समितिको निर्देशन-‘संक्रामक रोग सम्बन्धी छुट्टै ऐन तत्काल ल्याउनु पर्छ’

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०७७ बैशाख २०, शनिबार (४ साल अघि)
  • ३ पटक पढिएको
Post Thumbnail

वैशाख २०, काठमाण्डौ । राष्ट्रिय सभाको विधायन समितिले संंक्रामक रोग सम्बन्धी छुट्टै ऐन तत्काल ल्याउन सरकारलाई निर्देशन दिएको छ । शुक्रबार बसेको समितिको बैठकले ५७ वर्ष अघिको ऐनलाई समसामयिक बनाउन तथा यस्तै खालका विपद्सँग सम्बन्धित कानुनहरु विभिन्न भएकाले एउटै कानुन बनाउन भनेको हो । समितिको बैठकमा स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकाललाई पनि बोलाइएको थियो । समिति सभापति परशुराम मेघी गुरुङले समितिको तर्फबाट तयार पारिएको ३३ बुँदे सुझाव तथा निर्देशन पनि मन्त्री ढकाललाई हस्तान्तरण गरे ।

समितिले बन्दाबन्दीको अवस्थामा महिला, बालबालिका, शारीरिक रुपले अशक्त, जेष्ठ नागरिक माथि हुने हिंसाका घटना र सम्भावित हिंसालाई नियन्त्रण गर्ने सम्बन्धमा आवश्यक कानूनी व्यवस्था गर्न पनि भनेको छ । त्यस्तै तत्काल गर्नुपर्ने सुझावहरुमा नेपाल भारत सीमावर्ती क्षेत्रमा तथा अन्य देशमा भएका नेपालीहरुलाई विश्व स्वास्थ्य संगठनको मापदण्ड अनुसार व्यवस्थितरुपमा घर फर्किने व्यवस्था मिलाउनुपर्ने, कम्तीमा हरेक परिवारबाट एकजनाको नमूना छनौट गरी कोरोना परीक्षण गर्ने कार्ययोजना बनाउनुपर्ने, अलपत्र तथा समस्यामा परेका विपन्न, न्यून आय भएकालाई उपयुक्त राहत र जीविकोपार्जनको व्यवस्था गर्नुपर्ने, कोभिड विरुद्ध काम गर्ने संयन्त्रहरुबीच समन्वय हुनुपर्ने तथा बन्दावन्दी खुलेपछि विदेशबाट रोजगारी गुमाएर फर्कने ठुलो जनशक्तिलाई व्यवस्थित गर्ने योजना बनाउन पनि सरकारलाई भनेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस