आन्तरिक रक्तस्राव नरोकिएपछि राष्ट्रकविलाई भारतमा उपचार गरिने

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७५ जेष्ठ ९, बुधबार (६ साल अघि)
  • ४२ पटक पढिएको
Post Thumbnail

जेठ ९,काठमाडौँ । राष्ट्रकवि माधवप्रसाद घिमिरेलाई थप उपचारको लागि आज भारत लगिँदै छ । बेलुकी ५ बजे भारत प्रस्थान गर्ने तयारी भएको उनकी बुहारी विजेता घिमिरेले  जानकारी दिईन ।

काठमाडौंको ग्राण्डी अस्पतालमा उपचार गराइरहेका घिमिरेलाई थप उपचारका लागि भारतको मेदान्त अस्पताल लैजान लागिएको हो । घिमिरेको आन्तरिक रक्तस्राव नरोकिएपछि डाक्टरको सल्लाहमा उनलाई थप उपचारका लागि भारत लैजान लागिएको हो ।

गएको वैशाख २८ गतेदेखि निरन्तर आन्तरिक रक्तश्राव भएपछि राष्ट्रकवि घिमिरे अस्पताल भर्ना भएका हुन । उनको उपचारमा संलग्न डाक्टर विवेक शर्माले सानो आन्द्राबाट रगत बगिरहेको तर त्यो ठाउँ पत्ता लाग्न नसकेकाले थप उपचारका लागि भारत लैजान सुझाव दिएको बताए । उनका अनुसार सानो आन्द्रा परीक्षण गर्ने ‘इन्टेरोस्कोपी’ उपकरण अस्पतालमा छैन ।

घिमिरेको मुटु, मिर्गौला र फोक्सामा समस्या देखिएकाले चार महिनादेखि अस्पताल लैजाने र घर फर्काउने क्रम चलिरहेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस