अन्तत : वैशाख २५ गतेपछि लकडाउनको मोडालिटी परिवर्तन ! प्रस्तावित खाकामा के छ ?

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७७ बैशाख २३, मंगलबार (३ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

वैशाख २५ गतेपछि लकडाउनको मोडालिटी परिवर्तन गर्नेबारे गृहकार्य भए पनि के गर्ने भन्नेमा अन्यौल छ । लकडाउनबारे सरकारलाई सुझाव दिन गठित समितिले कोरोना सङ्क्रमण नदेखिएको क्षेत्रमा लकडाउन खुकुलो बनाउन सकिने प्रतिवेदन बनाए पनि उच्चस्तरीय समन्वय समितिकै कतिपय सदस्यहरुले यसो गर्न नहुने बताउँदै आएका छन् ।

स्रोतका अनुसार सुझाव समितिले कोरोना सङ्क्रमण जोखिमका आधारमा मुख्य तीन क्षेत्र निर्धारण गरेको छ । कोरोना सङ्क्रमण अति प्रभावित, प्रभावित र सामान्य इलाका पहिचान गरेर त्यसैका आधारमा मोडालिटी बनाइएको छ । सङ्क्रमण जोखिमका आधारमा अति प्रभावित र उच्च जोखिम क्षेत्रलाई रातो, आंशिक जोखिम क्षेत्रलाई पहेंलो र न्यून जोखिम क्षेत्रलाई हरियो क्षेत्रका रुपमा वर्गीकरण गरिएको छ । कोरोना सङ्क्रमण भेटिएका जिल्लालाई रातो क्षेत्रमा राखेर लकडाउन कायमै राख्नुपर्ने समितिको सुझाव छ ।

के छ प्रस्तावित खाकामा
सीमा क्षेत्र रेड जोनमा, आवागमन पूर्ण रुपमा ठप्प पारिने
पास पाएका र अनुमति पाएका निजी तथा सार्वजनिक कुनैपनि सवारी साधन सञ्चालन गर्न निषेध
यात्रु ओसारपसारका लागि अनुमतिविना राष्ट्रिय तथा अन्तर्राष्ट्रिय हवाई सेवा निषेध
शैक्षिक संस्था बन्द
भीडभाड हुने बजार खोल्न निषेध
सिनेमा हल खोल्न नपाइने
खेल स्थल सञ्चालन गर्न नपाइने
शैक्षिक संस्था खोल्न नपाइने

ग्रिनजोनमा रहेका के के सञ्चालन गर्न पाइने
कृषि कार्य गर्न छुट
पशुपालन र त्यससँग सम्बन्धित कारोबार गर्न छुट
अत्यावश्यक मालमान ढुवानी गर्न पाइने
उद्दोग, कलकारखाना जस्ता अत्यावश्यक सेवाहरु सावधानी अपनाएर सञ्चालन गर्न पाइने
तयारी खानेकुरा विक्रीवितरण गरी आपूर्ति गर्ने होटल तथा रेष्टुरेन्ट सञ्चालन गर्न पाइने
सावधानी अपनाएर भौतिक निर्माण गर्न छुट

ताजा अपडेट

खोजी गर्नुहोस