त्रिपुरेश्वर–कलङ्की–नागढुङ्गासहित उपत्यकाका आठ सडक निर्माण सुरु

  • अनलाइन केन्द्र
  • / अर्थनीति /
  • २०७७ बैशाख २३, मंगलबार (३ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

वैशाख २३, काठमाडौँ । काठमाडौँ उपत्यका सडक विस्तार आयोजना अन्तर्गत उपत्यकाका तीनवटा जिल्लाका आठवटा सडकमा निर्माण कार्य पुनः अगाडि बढाइएको छ । कोरोना महामारीको सङ्क्रमण फैलिन नदिन जारी बन्दाबन्दीबाट रोकिएको सडक निर्माण कार्य पुनः सुरु भएको हो ।
काठमाडौँमा तीनवटा, ललितपुरमा चारवटा र भक्तपुरमा एउटा सडकको विस्तार तथा निर्माण प्रक्रिया अगाडि बढाइएको काठमाडौँ उपत्यका सडक विस्तार आयोजनाले जनाएको छ । आयोजनाका अनुसार काठमाडौँमा जोरपाटी–साँखु सडकखण्ड १२ किमी, जोरपाटी–सुन्दरीजल सडक खण्ड सात किमी र त्रिपुरेश्वर–कलङ्की–नागढुङ्गा सडक खण्ड १२।५ किमीको निर्माणकार्य पुनः अगाडि बढाइएको छ ।

त्यसैगरी ललितपुरमा नख्खु–भैँसेपाटी–बुँगमती सडकखण्ड पाँच किमी, सातदोबाटो–चापागाउँ–लेले सडकखण्ड १३ किमी, लखनखेल–सातदोबाटो–गोदाबरी सडकखण्ड ८।४ किमी र ग्वार्को–लुभू–लामाटार सडक खण्ड ७।२ किमी रहेको काठमाडौँ उपत्यका सडक विस्तार आयोजनाका प्रमुख गुरुप्रसाद अधिकारीले जानकारी दिए ।

उनका अनुुसार भक्तपुरमा सल्लाघारी –पेप्सीकोला–खस्याङखुसुङ सडकखण्ड ४।५ किमीको काम अगाडि बढाइएको छ । सडक खण्डहरूमा रुख काट्ने, ह्युमपाइप हाल्ने, पर्खाल लगाउने, बिजुलीको खम्बा स्थानान्तरण गर्ने लगायतका काम भइरहेका छन् भने कतिपयमा कालोपत्रेको कामसमेत सुरु भइसकेको आयोजना प्रमुख अधिकारीले जानकारी दिए ।

ताजा अपडेट

खोजी गर्नुहोस