(कोरोनाअपडेट) बिश्वभर २ लाख ५१ हजारभन्दा धेरैको मृत्यु, संक्रमित ३६ लाख ४१ हजारभन्दा माथी !

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७७ बैशाख २३, मंगलबार (४ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

वैशाख २३, काठमाडौं । कोरोना भाइरसबाट ज्यान गुमाउनेको संख्या अढाई लाख नाघेको छ । विश्वका २१५ देशमा महामारीका रुपमा फैलिएको कोरोनाको संक्रमणका कारण मंगलबार बिहानसम्म २ लाख ५१ हजार ९३० जनाको मृत्यु भइसकेको छ । सबैभन्दा धेरै कोरोना संक्रमणको प्रभाव अमेरिकामा परेको छ । अमेरिकामा कोरोनाका कारण ६९ हजार ७०३ को मृत्यु भएको छ ।
इटलीमा २९ हजार ७९, बेलायतमा २८ हजार ७३४, स्पेनमा २५ हजार ४२८ जनाको कोरोनाका कारण ज्यान गइसकेको छ । कोरोना संक्रमितको संख्या ३६ लाख ४१ हजार नाघेको छ । ११ लाख ९२ हजार ९२६ उपचार पछि निको भएर घर फर्किसकेका छन् । २१ लाख ९६ हजार १४९ जनाको उपचार भइरहेको छ । जसमध्ये ४९ हजार ६२७ को स्वास्थ्य अवस्था गम्भीर रहेको छ भने बाँकीको मध्यम रहेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस