अमेरिकामा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्यामा विस्तारै कमी !

  • अनलाइन केन्द्र
  • / विश्व /
  • २०७७ बैशाख २३, मंगलबार (४ साल अघि)
  • १  पटक पढिएको
Post Thumbnail

वैशाख २३, काठमाण्डौ । अमेरिकामा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्यामा विस्तारै कमी आउँदै छ । वितेको २४ घण्टामा अमेरिकामा १ हजार १२५ जनाको ज्यान गएको थियो । पछिल्लो सोही अवधीमा अमेरिकामा १ हजार १०६ जनाको ज्यान गएको छ । अमेरिकामा एक दिनमा २ हजार ६०० भन्दा धेरैसम्मले कोरोना संक्रमणका कारण ज्यान जाने गरेको थियो । तर पछिल्ला दिनमा विस्तारै यो संख्यामा कमी आउँदै छ ।

दैनिक नयाँ संक्रमितको संख्या पनि घट्दै गएको छ । पछिल्लो २४ घण्टामा २३ हजार ६२३ कोरोनाका नयाँ संक्रमितको पहिचान भएको छ । यसको दोब्बरभन्दा माथि पनि अमेरिकामा दैनिक संक्रमित थपिन्थे । कोरोनाको हब बनेको न्युर्योकमा पनि ठूलो संख्यामा मृत्यु दर घटेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोना संक्रमणको मृत्यु दर घट्दै गएको भन्दै अब लकडाउन खोल्दै जानु पर्ने बताउँदै आएका छन् । अमेरिकामा व्यापार व्यावसय तथा उद्योग कलकारखाना खोल्न माग गर्दै विभिन्न सहरमा दैनिक प्रदर्शन हुँदै आएका छन् ।

अमेरिकासँगै इटली, स्पेन, फ्रान्समा पनि कोरोना संक्रमणका कारण हुने मृत्यु दरमा कमी आइसकेको छ । यी देशले लकडाउनमा केही खुकुलो गरिसकेका छन् । विश्वका २१५ देशमा महामारीका रुपमा फैलिएको कोरोनाको संक्रमणका कारण मंगलबार बिहानसम्म २ लाख ५१ हजार ९३० जनाको मृत्यु भइसकेको छ । सबैभन्दा धेरै कोरोना संक्रमणको प्रभाव अमेरिकामा परेको छ । अमेरिकामा कोरोनाका कारण ६९ हजार ७०३ को मृत्यु भएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस