६ भारतीय कोशी अस्पतालबाट डिस्चार्ज, अब क्वारेन्टिनमा राखिने

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७७ बैशाख २४, बुधबार (४ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

वैशाख २४, काठमाण्डौ । कोरोनाभाइरस संक्रमण भएको पुष्टि भएपछि कोशी अस्पतालमा उपचाररत ६ जना निको भएका छन्। निको भएकाहरुलाई कोशी अस्पतालले डिस्चार्ज गरेको छ । प्रदेश १ मा अहिलेसम्म ३१ जना संक्रमित फेला परेका छन् । सबैको कोशी अस्पतालमा उपचार भइरहेको छ । ६ जना संक्रमणमुक्त भएपछि त्यहाँ अझै २५ जना उपचाररत छन् ।

पीसीआर विधिबाट तीन चोटि परीक्षण गर्दा ६ जनामा कोरोनाभाइरस नभेटिएको हो । संक्रमणमुक्त भएका सबैलाई बुधबार बिहान डिस्चार्ज गरिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । डिस्चार्ज भएका सबै भारतीय हुन् । बन्दाबन्दीका कारण सीमानाका बन्द भएका कारण उनीहरूलाई भारत पठाउन समस्या भएपछि विराटनगरमै क्वारेन्टिनमा राखिने भएको छ । उनीहरुलाई विराटननगरकै एउटा मस्जिदमा क्वारेन्टिन बनाएर राखिने भएको हो ।

उदयपुरको त्रियुगा नगरपालिका वडा नं ३ भुल्केस्थित एक मस्जिदमा बसेका बेला उनीहरुलाई संक्रमण भएको भेटिएको थियो । संक्रमित भेटिएका १६ मध्ये ६ जना निको भएका हुन् । उनीहरुलाई ५ र ६ वैशाख संक्रमण भएको भेटिएको थियो । बाँकी १० जनाको उपचार जारी छ।

ताजा अपडेट

खोजी गर्नुहोस