-निर्देशन त्रिपाठी
कोरोना भाइरसले गर्दा देश एतिबेला लकडाउनमा रहेको छ । देशको र यो सरकारको मुख्य प्राथमिकता कोरोनाको संक्रमण र प्रभावलाई रोकथाम र नियन्त्रण गर्नुनै हो । जबसम्म नागरिक स्वास्थ हुदैनन् तबसम्म देश स्वास्थ हुदैन । यसको निम्ति पर्याप्त रुपमा परिक्षणको दायरा बढाउनुपर्ने हुन्छ । पिसिआर माध्यमबाट सम्पुर्ण जनतालाई जाँच गराउनुपर्दछ । लक डाउन खुकुलो पार्नुभन्दा पनि अझ कडा बनाइनुपर्छ र यसको सम्भावना हेरेर खुकुलो पनि बनाइनु पर्दछ । संक्रमणको अवस्थालाई मध्यनजर गर्दै ब्यबसायको रुप र प्रकृतीहेरि उत्पादनमा नलाग्ने हो भने देशको आर्थिक अवस्था डामाडोल हुने निश्चितिप्राय छ । कोरोनाले गर्दा यतिबेला मुलुकको कृषी प्रणाली डामाडोलको स्थितिमा रहेको छ । अब कृषिको रुपान्तरण गर्दा जरै देखि गर्नुपर्ने हुन्छ । पहिला लकडाउन बाट सबैभन्दा ठूलो नोक्सानी जनताको खानपिन र खाध्य्यानमा देखिएको छ यश बिसयमा केन्द्रिय मन्त्रालय र प्रदेश कृषि मन्त्रालय चनाखो हुनुपर्दछ । यश बिसयमा बेलैमा नसोच्ने हो भने गम्भीर स्थिति सामना गर्नुपर्ने र सामाजिक टकराब बड्ने देखिन्छ ।
मुलुकको कृषि ओरालो लाग्दै गएको छ । कृषिमा विभिन्न बिचौलिया प्रवेश गर्नु प्रत्यक्ष किशानले अनुदान राहत ऋण नपाउनु यसको असर रहेको छ । अहिले हामीले कृषि कर्ममा प्राय महिला मात्रै देख्ने गरेका छौ पुरुष हरु बिदेशियका छन । अझपनी उहीँ पुरानै पारा ढङ शैली र सभ्यता हामिकहा गएको छैन । अधिकान्श पुरुषहरु कोहि खाडी देश र बिश्वका कयौ सुन्दर देशमा रमाइरहेका छन । यहि शहर र बिदेश पसेका हाम्रो दाजुभाइ दिदिबहिनीहरुलाइ उतै रगत पसिना बगाउन लगाउने होकि घरपरिबारमा बसेर कृषि कर्ममा लगाउने बाताबरण बनाउने हो यश बिसयमा हाम्रो समाजबादी मन्त्री ज्यु हरुले सोच्नै पर्ने बेला आएको छ चाहे केन्द्रिय भन्नुस चाहे प्रादेशिक भन्नुस । अहिले भनिने गरेको समृद्धि विभिन्न मन्त्रालय खल्ती बालुवाटार सिंहदरबार र प्रदेशका केही मन्त्रालयका कोठा भित्र मात्रै देखिने गरेका छन ।।
कसरी सुधार्ने कृषि प्रणाली
१. रातारात परिबर्तन सम्भब छैन तर एउटा मानिस पदमा पुग्छ र उसले म गर्छु भन्ने उसमा हिम्मत तागत आउदैन तबसम्म समृद्धि र प्रगति कृषिमा हुन आकाशको फल आँखा तरि मर शिबाय केहि हुदैन । बन्न र सप्रीन ५० औ बर्ष लाग्छ जसरी बिग्रन ३० औ बर्ष लाग्यो ।
२. बिचौलियालाई ऋण र अनुदान होइन प्रत्यक्ष किशानलाई सहुलियत ऋणको ब्यबस्था गरिनुपर्दछ अनुदान पुर्ण रुपमा बन्द गरिनुपर्दछ र सरल र सहज रुपमा कमसल ब्याजमा ऋणको प्रबाह गरिनुपर्दछ ।
३. जग्गाको वर्गीकरण गरिनुपर्दछ हरेक जिल्ला कुन खेतिको कृषिको लागि उपयोगिता हेरेर हरेक प्रदेश र त्यस भित्र महानगर नगरपालिका गाउपालिका र त्यस भित्र पनि विभिन्न वडा लाई वर्गीकरण गरिनुपर्दछ । आफुलाइ चाहिने हरेक बस्तु उत्पादन आफै गर्नुपर्दछ पुर्ण रुपमा सिचाइ मल बिउको प्रबन्ध गरिनुपर्दछ ।
४. केन्द्र सरकार वा प्रदेश सरकारले छ्नोट गर्ने हरेक कृषिको कार्यक्रम हरेक जिल्लामा एउटै किसिमको हुनुपर्दछ फेरि आबश्यकता फरक भएपनी योजना एउटै हुनुपर्दछ ।
५. यो आर्थिक बर्षलाई खाध्य बर्षको रुपमा घोषण गरि हरेक बाझो रहेका खेतलाइ उत्पादनमा प्रयोग गरिनुपर्दछ ।
६. निजि तथा सरकारी बाझो जमिन कृषि उत्पादनमा लगाउने र त्यसमा स्थानीय तहलाइ पुर्णरुअपमा सहभागीता गराउने र नगर्नेलाइ फाइन गरिनुपर्दछ त्यसको जिम्मेवारी हरेक स्थानीय सरकारले लिनुपर्दछ ।
७. कोरोनले गर्दा हजारौ नेपाली नागरिक आफ्नो देश आउने निश्चित प्राय छ र उनिहरुको रोजगारी गुम्ने अवस्था रहेको छ उनिहरुलाइ पुर्णरुपमा प्राबिधक तालिम दिएर विभिन्न बिश्वबिद्धालय कलेजहरुको समन्वयमा गाउमा नै स्वरोजगारको ब्यबस्थापन गरिनुपर्दछ ।
८. सामुदायिक बन र जङलहरुमा हामीले रुख मात्रै हैन विभिन्न किसिमका बिरुवा जस्तै आँप लिची कटहर घिउकुमारी बरो अमृसो अलैची लगाइनुपर्दछ र रुख बाट झरेको पातबाट प्राङगारिक मलको रुपमा प्रयोग गरि आफ्नै बारिमा हाल्ने ब्यबस्थापन गरिनुपर्दछ त्यसकालागि प्रदेश र स्थानीय सरकारले ध्यान दिनुपर्छ ।
९. अबको खाध्य संकट टार्न एक छाक ढेडो र एक छाक रोटि भन्ने मुल नाराका साथ अगाडी गैयो भने सस्कृतीको र खानाको पनि प्रबर्द्धन र चामलको खपत कमगर्न सकिन्छ ।
१०. प्रदेश सरकारले एक स्थानीय तहमा एक सुबिधासम्पन्न भन्डारण र कोल्डस्टोरको ब्यबस्थापन गरिनुपर्दछ ।
११. विभिन्न बिचौलिया बाट रोक्नको सिधै ग्राहक र किसान् सगको ब्यापारलाई प्रोत्साहन गरिनुपर्दछ ।
१२. माटोको परिक्षण गरि कुन माटोमा कुन कृषि कार्य गर्न सकिन्छ भन्ने अबधारणा सहित स्थानिय तह सकृय भै उत्पादनमा लाग्न जरुरी हुन्छ ।
१३. विभिन्न मन्त्रालय सरकारी भबन होस्टेल कैदिबन्दी सार्बजनिक सस्थान विभिन्न केन्द्रिय मन्त्री का र प्रदेश मन्त्रीका त्तगबचतभच मा आफै आफुलाइ चाहिने तरकारी आफै उत्पादन गर्नुपर्दछ ।
१४. हाम्रो देश लाई चाहिने कृषि औजारहरु लाइ उत्पादन गर्न हाम्रै कलकारखाना लाई प्रोत्साहन गरिनुपर्दछ ।
१५. कौशी खेतिलाइ प्रोत्साहन गरि विभिन्न ठुला सहरमा हरेक जनताको घरमा खाली रहेको कौसिमा खेती गरिनुपर्दछ र त्यसको लागि आबश्यक कदमको लागि केन्द्रिय सरकार तात्नु पर्दछ ।
१६. झोला झोलामा अनुदान खान जन्माउने कोठे सहकारी पुर्ण रूपमा बन्द गरिनु पर्दछ र अहिलेसम्म तिनले गरेका काम र अनुदान कहाँ कहाँ खर्च भो सो को सम्पुर्ण रुपमा हिसाब किताब गरिनुपर्दछ ।
१७. हाम्रो विभिन्न शैक्षिक सस्था र कलेजहरुमा खोज कृषि विधि अपनाइउनुपर्दछ
१८. हाम्रो हरेक घरमा विशेष गरि गाउँ तिर गोबर ग्यासको अबधारणा लागुगरिनुपर्दछ त्यस्ले गर्दा ग्यास आयातमा कमि र हाम्रो जैबिक ग्यासको सदुपयोग हुने र रास्टृय आय बाहिर नजाने हुन्छ ।
१९. अब लाई प्रोत्साहन गरि किसानलाइ हरेक जानकारी दिने ब्यबस्था गर्नुपर्छ । प्रत्यक्ष रुपमा जानकारीको लाई हरेक नगरपालिकामा ठाउँ हेरि हरेक वडामा बिज्ञ खटाइनुपर्दछ र अन्लाईनको माध्यम बाट हरेक किसिमका गुनासो सुन्ने समस्या समाधान गर्ने र अबिि अभलतभच को स्थापना गरि किसानलाई राहत दिने ब्यबस्था गर्नुपर्दछ । कल सेन्टर को स्थापना गरि किसानलाई राहत दिने ब्यबस्था गर्नुपर्दछ ।
निर्देशन त्रिपाठी