जर्मन बुण्डेस लिगा यहि महिना पुनः सुरु हुने

वैशाख २५, काठमाण्डौ । कोरोना भाइरसको महामारीका कारण रोकिएको जर्मन बुण्डेस लिगा फुटबलको यो सिजनका बाँकी खेलहरु यहि महिना पुनः सुरु हुने भएको छ । जर्मन चान्सलर आङ्गेला म्यार्केलले लिगका बाँकी खेल यहि महिना अर्थात मे भित्रै सुरु हुने पुष्टि गरेकी हुन् ।

कोरोना भाइरसको महामारीका कारण विश्वका अधिकांश खेलकुद गतिविधि रोकिएको छ । बुण्डेस लिगा पुनः सुरु हुने युरोपको पहिलो प्रमुख लिग बन्दैछ । जर्मन फुटबल लिग डिएफएलले लिग सुरु हुने मिती सम्बन्धी निर्णय बिहीबार गरेको हो ।

सबै खेलहरु बन्द रंगशालमा अर्थात दर्शकको उपस्थिति बिना हुने छन् । लिगका ९ खेल बाँकी हुँदा बार्यन म्युनिख दोस्रो स्थानको बोरुसिया डर्टमुण्ड भन्दा चार अंकले अघि रहँदै शीर्ष स्थानमा छ ।

संम्बन्धित समचार

Leave a Reply