नरहा गाउँपालिकामा राहत वितरणमा विभेद !

वैशाख २६, लहान । विश्व कै महामारी कोरोना भाइरसको कारण सरकारले घोषणा गरेको लकडाउनको मुख्य मार गरिब, मजदूर, ज्यालादारी गरी खाने, भूमिहीन, सुकुमबासी, साहारा विहीन, जेष्ठ नागरिक, अ’पांगता भएको व्यक्तिहरुलाई बढी परेको छ । यद्यपि सरकारले यसरी समस्यामा परेका परिवारलाई उचित राहत वितरण गर्नु भने पनि वास्तविक समस्यामा परेका मानिसहरुले राहत सामग्री पाउन सकेका छैनन् । लकडाउनको डेढ महिना बितिसकेपछि बल्लतल्ल सिरहाको नरहा गाउँ पालिका ले राहत वितरण गर्दा पनि त्यसमा समेत विभेद भएको छ ।

मंगलबार देखि शुरु भएको नरहा गाउँपालिका को राहत बितरण कार्यक्रम मा धनी ले राहत पाएका छन भने गरीब तथा विपन्न ले आशवाशन पाई रितो हाथ घर फर्केका छ्न ।
बुधबार सिरहाको नरहा गाउँ पालिका वाडा नम्वर ५मा गरिएको राहत बितरण मा स्थानीय दैनिक ज्यालादारी काम गर्ने, गरिब, दलित तथा विपन्नवर्गका परिवारले राहत नपाएपछि निरास भएर आक्रोसित भएका छ्न ।

राहत वितरणको क्रममा आसेपासे तथा राजनितिक हिसावले विभेद गर्दै जग्गा जमिन , हुने खाने तथा समपन्न लाई राहत वाडिएको छ भने दैनिकी ज्यालादारी , गरीब , बिपन्न बर्गका परिवार हरुले राहत नपाएको स्थानीयले बताएका छ्न । नरहा गाउपालिका ५का एक महिलाले राहत नपाए को भन्दै वैदेशिक रोजगारमा ३ ,३ व टा छोरा गएका हरुले राहत पाए ।मेरो नाम संकलन गरेपनि मलाई छाडिदिए । आफु राहत किन नदिएको भन्दै राहत बितरण भएको ठाउँ मा अध्यक्ष र वाडा अध्यक्ष लाई सोध्दा राहत छुटेका लाई अगामी दिनमा दिने भने पछि निराश भएर रितै घर घुमन वाध्य भएको बताइन । अर्को एक महिला लक्ष्मी सदायले आफू दैनिक ज्याला दारी रहेको भन्दै आफू पनि राहत नपाए को, अव आफनो जिवन तथा छाक कसरी टाल्ने भन्ने सोचमा रहेको वताईन् ।

नरहा गाउँ पालिका मा अहिले राहत वितरणको काम जारी रहेको छ तर यसमा पनि काखा पाखा भएको। देखिन्छ । राहत गरिब विपन्न परिवारलाई छाडेर धनि मानिसलाई नै दिने गरेको स्थानियले रिपोर्टिङ गर्न गएको पत्रकार समक्ष नै अध्यक्ष लाई आरोप लगाए । एक जनाले आक्रोश पोख्दै अध्यक्ष लाइ भने हाम्रो नाउँ लेखाएको थियोे कसरी छुटयो , हुने खाने ले राहत लिएर गयो हामी भोकै मर्नु । त्यस्तै राहत लिन पुगेका अर्का ब्यक्ति बिनोद सदाय , भिखन सदाय समेत विना राहत नलिएर घर फर्केका छन् । यता गाउँपालिका अध्यक्ष राम शरण यादव ले अब हामीले के गर्ने , कर्मचारी र वडाअध्यक्ष हरुले डाटा संकलन गरेर ल्याएको हो ,त्यसै लाई निर्णय गरेर राहत वितरण गर्यौ । अब छुटेका लाई फेरि निर्णय गरेर राहत दिन्छौं बताएका छ्न । राहत पाएका हरुको नाम लिस्ट अध्यक्ष संग माग्दा अहिले हामी दिदैनौ, अहिले वार्ड न ४ मा ४१९ र वार्ड न ५ मा ४११ बुझ्नुस भनेर मिडिया समक्ष वोल्न हिच्कीचाहट गरे । सो वडा का वडाध्यक्ष हुकुम देव यादव ले वितरणमा कुनै प्रकारको विभेद नभएको दावी गर्दै राहत वितरण गरेको बताएका छ्न । कर्मचारी लाई सोध्दा डाटा संकलन गर्न जादा हामी राहत पाउदैनौ के नाम लेखाउनु , नाम लेखाउन नमान्दा जसो तसो हा मी डाटा संकलन कार्य समपन्न गरेको बताएका छ्न । राहत बाँड्दा बाँड्दै स्थानीय तहको ढुकुटी रित्तियो तर वास्तवीक पिडितले नपाएको गुनासो जस्ताकै त्यस्तै । के साचीकै पिडितले राहत पाएन त ?
राजेन्द्र महतो

संम्बन्धित समचार

Leave a Reply