उदयपुरमा थप १ जनामा कोरोना संक्रमण ! प्रदेश १ मा संक्रमितको संख्या ३५ पुग्यो

Post Thumbnail

बैशाख २८,काठमाडौँ । उदयपुरको त्रियुगा नगरपालिका–३ भुल्के क्षेत्रका अर्का महिलामा कोरोना संक्रमण पुष्टि भएको छ । यो सँगै नेपालमा संक्रमित संख्या ११० पुगेको छ ।
कोशी अस्पताल विराटनगरमा गरिएको पिसिआर परीक्षणमा ४३ वर्षीया महिलामा कोरोना संक्रमण पुष्टि भएको हो ।

कोशी अस्पताल विराटनगरका मेडिकल सुपरिटेन्डेन्ट डा.संगिता मिश्राले एकजनामा संक्रमण पुष्टि भएको ल्याब परीक्षणको रिपोर्टले देखाएको बताइन् । तर स्वास्थ्य मन्त्रालयबाट औपाचारिक रुपमा पुुष्टि गर्न बाँकी रहेको छ ।
संक्रमित महिलाको परिवारका सदस्य यस अगाडि संक्रमित भएको वा नभएको विषयमा सम्बन्धित जिल्ला स्वास्थ्य कार्यालयमार्फत पहिचान भईरहेको डा. मिश्राले बताइन ।

प्रदेश १ मा योसँगै संक्रमितको संख्या ३५ पुगेको छ । आजै उदयपुरका तीनजनामा संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जानकारी गराएको छ । उदयपुरमा मात्रै संक्रमितको संख्या ३२ जना पुगेको छ । तर, उपचारपछि उदयपुरका १४ जनाले स्यावस्थ्य लाभ समेत लिइसकेका छन ।

ताजा अपडेट

खोजी गर्नुहोस