‘तुरुन्तै सेनालाई लिपुलेक पठाउ,नेपाल–भारत सिमामा काँडेतार लगाउ’ : नेता पराजुली

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०७७ बैशाख २९, सोमबार (३ साल अघि)
  • ४ पटक पढिएको
Post Thumbnail

बैशाख २९,काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निकट विद्यार्थी संगठन अनेरास्वुवियुका नेता सुदेश पराजुलीले नेपाल–भारत सिमामा काँडेतारको बार लगाउनुपर्ने धारणा व्यक्त गरेका छन । नेपाली भूमि अतिक्रमण गर्दै भारतले मानसरोवर जाने बाटो बनाएको विरोधमा शनिबार भारतीय दूतावास अगाडि प्रदर्शन गर्ने क्रममा पक्राउ समेत परेका नेता पराजुलीले भारतले नेपाली भुमीमाथी विगतदेखि नै हस्तक्षेप गरेकोले यो विषय अन्तराष्ट्रियकरण गर्न समेत माग गरेका छन ।

अनलाईनकेन्द्रसंग कुराकानी गर्दै नेता पराजुलीले भने–लिपुलेक हाम्रो हो, कालापानी हाम्रो हो । यो सारालाई थाहा छ, यो भुमि हाम्रो भन्न कोही डराउन पर्दैन । कि त सरकारले कुटनितिक ढंगले यी जमिन फिर्ता ल्याउन पर्यो कि सक्दैन भने अन्तराष्ट्रिय जगतलाई गुहार्नपर्यो ।

नेता पराजुलीले आफ्नो भुमी मिचिएको टुलुटुल हेर्न नसकिने बताए । उनले भने–हाम्रो सिमानामा सेना परिचालन गरि सिमा रक्षा गर्न ढिलो गर्नुहुदैन, तुरुन्तै सेनालाई लिपुलेक पठाउन सरकारले ठोस कदम चालोस । नेता पराजुली विगतदेखि नै भारतको थिचोमिचोविरुद्ध चर्को आवाज उठाउने युवा नेताको रुपमा चिनिन्छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस