अमेरिकन आइडलको उत्कृष्‍ट ७ मा पुगे दिवेश पोखरेल

वैशाख २९, काठमाण्डौ । अमेरिकन आइडलको १८ औं संस्करणको उपाधि यात्रामा अघि बढ्ने क्रममा नेपालका दिवेश पोखरेल उत्कृष्ट सातभित्र परेका छन् । उत्कृष्ट ११ प्रतिस्पर्धीबीचमा मतका आधारमा हिजो, २८ वैशाखमा सर्वाधिक मत ल्याउने उत्कृष्ट सातको छनोट गरिएको हो । अमेरिकाको कन्सास राज्यको विचिटा शहरमा बस्दै आएका २२ वर्षीय दिवेशले अमेरिकन आइडलमा आर्थन गन को नामले प्रतिस्पर्धा गर्दै आएका छन् ।

दिवेशले उत्कृष्ट सातमा पर्ने क्रममा एनिमेटेड चलचित्र द लिटल मर्मेडको एलान मेनकनको शब्द र होवार्ड एस म्यानको सङ्गीत तथा एस्ले टिसडालेको गायन रहेको किस द गर्ल बोल को गीत गाएका थिए । उनले अमेरिकन आइडलमा छानिनुअघि नै केही नेपाली गीत गाएर युट्युब मार्फत सार्वजनिक गरिसकेका थिए । काठमाडौंमा हुर्किएका दिवेश उच्च शिक्षाका लागि अमेरिकामा आमा बुबासँगै बस्दैं आएका छन् ।

संम्बन्धित समचार

Leave a Reply