प्रदेश १ को बजेट अधिवेशन १३ जेठमा आह्वान गर्ने तयारी

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७७ बैशाख ३०, मंगलबार (४ साल अघि)
  • २१ पटक पढिएको
Post Thumbnail

वैशाख ३०, विराटनगर । प्रदेश नं १ को वर्षे अधिवेशन बजेट अधिवेशन आगामी जेठ १३ गते आह्वान गर्ने तयारी भएको छ । हालको बैठक कक्ष साँघुरो भएकाले सामाजिक दुरी कसरी कायम गराउने भन्ने समस्या आइपरेको छ ।

सभामुख प्रदीपकुमार भण्डारीले अधिवेशन सुरु गर्ने विषयमा मुख्यमन्त्री शेरधन राईसहित सरकारका मन्त्री, प्रमुख विपक्षी दलका नेता र सत्तारुढ दलका नेताहरुसँग छलफल चलाएका छन् । उनीहरुको रायअनुसार वर्षे अधिवेशन आगामी जेठ १३ गते बस्ने गरी आवश्यक तयारी भइरहेको सभामुख भण्डारीले जानकारी दिए ।

ताजा अपडेट

खोजी गर्नुहोस