जोखिम बढेपछि पर्सामा निषेधाज्ञा जारी ! जिल्लाभर सेना परिचालन

Post Thumbnail

बैशाख ३१,काठमाडौँ । कोरोना भाइरसको जोखिम बढेपछि पर्सामा निषेधाज्ञा जारी गरिएको छ । जिल्ला प्रशासन कार्यालयले विज्ञप्ति निकालेर मंगलबार राति ८ बजेदेखि जेठ ५ गते राति १२ बजेसम्म लागू हुनेगरी पर्सा जिल्लाभर निषेधाज्ञा लागू गरेको जनाएको छ ।

अब पर्सामा औषधी उपचार र अन्य अत्यावश्यक कामबाहेक कोही पनि घर बाहिर निस्कन पाउनेछैनन् भने जिल्लाभर सेना परिचालन गरिएको छ ।

कोरोना नियन्त्रणको लागि नागरिकलाई घरभित्रै बस्न आग्रह गरिएपनि नटेरेकाले नेपाल प्रहरी र सशस्त्र प्रहरीको साथमा स्थानीय प्रशासन ऐन अनुसार सेना परिचालनसमेत गर्ने निर्णय भएको सहायक प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले जानकारी दिए ।

मंगलबार ५७ जनामा पुष्टि भएसँगै पर्सामा मात्रै ८२ जनामा कोरोना पुष्टि भएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस