विश्वभर कोरोना संक्रमितको संख्या ४३ लाख ४२ हजार नाघ्यो, १६ लाख बढी निको भए

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७७ बैशाख ३१, बुधबार (३ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

बैशाख ३१,काठमाडौँ । विश्वभर कोरोना संक्रमितको संख्या ४३ लाख ४२ हजार ४ सय ५३ जना पुगेको छ । वल्डोमिटरका अनुसार अहिलेसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या २ लाख ९२ हजार ८ सय ९३ जना पुगेको छ ।

कोरोनापछि निको भएर घर फर्कनेको संख्या १६ लाख २ हजार ४ सय ७६ जना रहेका छन । अहिलेसम्म सबैभन्दा बढी संक्रमित भएको देश अमेरिका रहेको छ । जहाँ १४ लाख ८ हजार ६ सय ३६ जनामा कोरोना संक्रमण भएको छ ।

छिमेकी देश भारतमा कोरोना संक्रमितको संख्या ७४ हजार ३ सय ९३ पुगेको छ । भारतमा मृत्यु हुनेको संख्या २ हजार ४ सय १५ जना पुगेको छ । नेपालमा मंगलबार एकैदिन ८३ जनामा कोरोना संक्रमण भएपछि यो संख्या २ सय १७ पुगेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस