नेकपा प्रवक्ता श्रेष्ठले भने–’मलाई सुरक्षा खतरा छैन,सुरक्षाकर्मी फिर्ता लैजानुस्’

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७७ बैशाख ३१, बुधबार (३ साल अघि)
  • १  पटक पढिएको
Post Thumbnail

बैशाख ३१,काठमाडौँ । पूर्वउपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले आफूलाई सुरक्षा खतरा महसुस नभएकाले सुरक्षाकर्मी फिर्ता लैजान आग्रह गरेका छन्। सीमा सुरक्षाका लागि खटाइने सशस्त्र प्रहरीले भिआइपीको सुरक्षामा खटिने गरेको समाचार बुधबार संचारमाध्यममा सार्वजनिक भएको थियो। सोहि समाचारमा श्रेष्ठको नाम समावेश भएको र सामाजिक संजालमा टिकाटिप्पणी हुन थालेपछि नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रवक्त्तासमेत रहेका श्रेष्ठले आफूलाई सुरक्षाकर्मी आवश्यक नभएको बताएका हुन्।

उनले बुधबार बिहान ट्वीटमा चुनाव अघि राज्यको सुरक्षा संयन्त्रले राख्न अनुरोध गरेकाले राखेको प्रष्ट पारेका छन्। ‘मैले पुर्व गृहमन्त्रीले लिने गरेको गाडी र तेल सुविधा सुरुदेखि नै लिइन्। सशस्त्र बलको पछुवा गाडी र सुरक्षाकर्मी आवश्यक नभएको ठानी केही समयपछि मैले नै जोड गरेर फर्काएँ।’ , उनले लेखेका छन्, ‘तर गत चुनाव अघि राज्यको सुरक्षा सँयन्त्रले सुरक्षाको कारणले राख्न अनुरोध गरेकाले राखिएको हो।’

नियमितरुपमा सशस्त्रको पछुवा गाडी प्रयोग नगरेको बताउँदै उनले राज्यलाई अप्ठेरो परेको भएमा फिर्ता लैजान अनुरोध गर्दै क्षमा याचना गरेका छन्। ‘थाहै छ,म पछुवा नियमित प्रयोग गर्दिँन। मैले आफुलाई सुरक्षा खतरा महसुस गरेको छैन। राज्य संयन्त्रले त्यस्तो आँकलन गरेको छ भनेपनि मेरो भन्दा राष्ट्रको सुरक्षा महत्वपुर्ण हुन्छ।’ राष्ट्रिय सभा सदस्यसमेत रहेका श्रेष्ठले भनेका छन्, ‘त्यसैले राज्यको आवश्यकताका लागि कुनै पनि क्षण फिर्ता लैजान अनुरोध छ। यसबाट राज्यलाई अप्ठेरो परेकोभए क्षमा याचना।’श्रेष्ठको सुरक्षामा १२ जना सुरक्षाकर्मी खटिएका छन्।

ताजा अपडेट

खोजी गर्नुहोस