एक जना थपिए संक्रमित, संक्रमित संख्या २१८ पुग्यो !

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७७ बैशाख ३१, बुधबार (३ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

वैशाख ३१, काठमाण्डौ । बुधबार थप एक जनामा कोभिड–१९ को संक्रमण देखिएको छ । धुलिखेल अस्पतालमा गरिएको परीक्षणमा एक पुरुषमा संक्रमण देखिएको पुष्टि भएको छ । ३६ वर्षीय संक्रमित युवा बाँकेको नेपालगञ्ज–८ का नागरिक रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

संक्रमित पुरुषको स्वास्थ्य अवस्था सामान्य रहेको मन्त्रालयले जनाएको छ । यो सँगै, संक्रमित संख्या २१८ पुगेको छ । मंगलबार एकै दिन ८३ जनामा संक्रमण देखिएको थियो । राजधानी उपत्यकाको काठमाडौं र भक्तपुरमा तीन जनामा संक्रमण देखिएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस