नेता डा. शेखर कोइरालाद्धारा गरिब तथा मजदुरहरुका लागि राहत वितरण !

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०७७ बैशाख ३१, बुधबार (३ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

वैशाख ३१, उदयपुर । नेपाली कांग्रेसका प्रभावशाली नेता डा शेखर कोइरालाले उदयपुर त्रियुगा नगरपालिकामा गरिब तथा मजदुरहरुका लागि राहत वितरण गरेका छन् । नेता कोइरालाले आफु संरक्षक रहेको ‘नोना कोइराला स्मृति प्रतिष्ठान’ मार्फत सो नगरपालिकामा रहेका गरिब तथा मजदूरहरुलाई खाद्यान्नका रुपमा ३० क्विन्टल चामल वितरण गरेका हुन् ।

कोइरालाका सहयोगी काँग्रेस युवा नेता दिनेश थपलियाले दिएको जनाकारी अनुसार नेता कोइरालाले कोरोनाबाट सुरक्षित रहनका लागि जनही मास्क तथा साबुन पनि वितरण गरेका छन् । विराटनगरस्थित कोइराला निवासबाट उनले सो राहत त्रियुगा नगरपालिकाका लागि कांग्रेसका तर्फबाट मेयरका उम्मेदवार बसन्त बस्नेत मार्फत् सो राहत सामग्री वितरण गराएका हुन् । बस्नेतलाई सो सामग्री हस्तान्तरण गरेपछि उनले बाँकी राहत फारम सहितको विधि अपनाएर वितरण गर्ने छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस