सिरी ए फुटबल जुन १३ देखि सुरु गर्ने तयारी

  • अनलाइन केन्द्र
  • / खेलकुद /
  • २०७७ जेष्ठ १, बिहिबार (३ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

जेठ १, काठमाण्डौ । कोरोना भाइरसको महामारीका कारण रोकिएको इटालियन सिरी ए फुटबलको यो सिजनका बाँकी खेलहरु आउँदो जुन १३ देखि सुरु गर्ने तयारी भएको छ । सरकारले स्वीकृति दिएमा जुन १३ देखि लिगका बाँकी खेलहरु सुरु गर्ने गरी तयारी थालिएको सिरी ए ले जनाएको छ । भिडियो कन्फ्रेन्स मार्फत बुधबार लिगको महासभा भएको थियो, सो महासभाले बाँकी खेल गर्ने मिती तय गरेको हो ।

सरकारको स्वीकृति र मेडिकल प्रोटोलक मिलेमा सो मितीमा लिग पुनः सुरु गर्न सबै सदस्य सहमत भएका हुन् ।
इटालियन शीर्ष लिगको क्लबका खेलाडीहरु मे को सुरु देखि प्रशिक्षणमा फर्किएका छन् । उनीहरुले अहिलेसम्म व्यक्तिगत रुपमा प्रशिक्षणको अनुमति पाएका छन् । सिरी ए का खेलहरु मार्च ९ देखि रोकिएका छन् । लिगका १२ चरणका खेलहरु बाँकी नै छन् । यस्तै चारवटा अरु खेलपनि बाँकी रहेको छ । अहिलेसम्म लाजिओ भन्दा एक अंकले अघि रहँदै युभेन्टस शीर्ष स्थानमा छ ।

ताजा अपडेट

खोजी गर्नुहोस