आजको मौसम : काठमाण्डौ उपत्यकासहित अधिकांशमा स्थानमा आज घाम लाग्ने !

  • अनलाइन केन्द्र
  • / समाज /
  • २०७७ जेष्ठ १, बिहिबार (३ साल अघि)
  • १  पटक पढिएको
Post Thumbnail

जेठ १, काठमाण्डौ । आज बिहीबार काठमाडौं उपत्यकासहित देशका अधिकांश स्थानमा घाम लागेको मौसमविद्ले बताएका छन् । मौसम पूर्वानुमान महाशाखाका मौसमविद् झन्डै १ महिनादेखि सक्रिय विभिन्न मौसमी प्रणाली कमजोर हुँदै गएको छ । त्यसकारण यसअघि जस्तो अब वर्षा हुने सम्भावना नरहेको वरिष्ठ मौसमविद् वरुण पौडेललले जानकारी दिए ।

उनका अनुसार यसअघि बंगालको खाडीबाट प्रवेश गरिरहेको जलवाष्पयुक्त हावा तथा स्थानीय वायुसमेत कमजोर भएको छ भने पश्चिमी वायुको पनि थोरै प्रभाव छ । उनका अनुसार प्रिमनसुन भएकाले ठाउँठाउँमा बादल भन्ने र अपराह्नपछि वा साँझपख कतै कतै गड्यागुडङ भएर क्षणिक वर्षा भइहाल्न पनि सक्छ ।

ताजा अपडेट

खोजी गर्नुहोस