(कोरोनाअपडेट) विश्वमा ४४ लाख २८ हजार कोरोना संक्रमित, २ लाख ९८ हजारभन्दा बढीको मृत्यु !

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७७ जेष्ठ १, बिहिबार (३ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

जेठ १, काठमाडौं । विश्वभर कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या बिहीबार बिहानसम्म ४४ लाख २८ हजार पुगेको छ । मृतकको संख्या २ लाख ९८ हजार पुगेको छ । १६ लाख ५७ हजार भन्दा बढीको उपचारपछि निको भएको छ । २१२ देश तथा प्रशासित क्षेत्रहरुमा फैलिएको कोरोनाबाट सबैभन्दा बढी प्रभावित अमेरिकामा संक्रमितको संख्या १४ लाख ३० हजार ३४८ पुगेको छ । ८५ हजार १९७ जनाको ज्यान गएको छ ।

दोस्रो स्थानको स्पेनमा २ लाख ७१ हजार ९५ जना संक्रमित हुँदा मृतकको संख्या २७ हजार १०४ पुगेको छ । रुस तेस्रो स्थानमा छ । हरेक दिनजसो ११ हजारको हाराहारीमा संक्रमित भइरहँदा रुस दोस्रो स्थानतिर अगाडि बढेको छ । रुसमा संक्रमित २ लाख ४२ हजार २७१ जना संक्रमित हुँदा मृतकको संख्या २ हजार २१२ जना पुगेका छन् । बेलायत चौथो स्थानमा छ । बेलायतमा संक्रमितको संख्या २ लाख २९ हजार ७०५ पुगेको छ । मृतक ३३ हजार १८६ रहेका छन् । पाँचौ स्थानमा रहेको इटालीमा २ लाख २२ हजार १०४ जना संक्रमित हुँदा मृतक ३१ हजार १०६ पुगेको छ । छैटौं स्थानको ब्राजिलमा १ लाख ८९ हजार १५७ जना संक्रमित हुँदा १३ हजार १५८ जनाको ज्यान गएको छ । सातौं स्थानको फ्रान्समा १ लाख ७८ हजार ६० जना संक्रमित हुँदा २७ हजार ७४ जनाको ज्यान गएको छ । आठौं स्थानको जर्मनीमा १ लाख ७४ हजार ९८ जना संक्रमित हुँदा ७ हजार ८६१ जनाको ज्यान गएको छ ।

नवौं स्थानको टर्कीमा १ लाख ४३ हजार ११४ जना संक्रमित हुँदा ज्यान गुमाउनेको संख्या ३ हजार ९५२ छ । दशौं स्थानको इरानमा १ लाख १२ हजार ७२५ जना संक्रमित हुँदा ६ हजार ७८३ जनाको ज्यान गएको छ । ११ औं स्थानको चीनमा ८२ हजार ९२९ जना संक्रमित भएका छन् । पछिल्लो समय दिनानुदिन संक्रमित थपिइरहेका छन् । जहाँ सोमबार मात्रै १७ जना संक्रमित थपिएका थिए । मंगलबार १ जना संक्रमित थपिएका छन् । बुधबार ७ जना थपिएका छन् । त्यस्तै बिहीबार ३ जना थपिएका छन् । ४ हजार ६३३ जनाको ज्यान गएको छ ।

१२ औं स्थानमा भारत रहेको छ । भारतमा कोरोना भाइरसका संक्रमितहरु दिनानुदिन बढ्दै गएका छन् । संक्रमितको संख्या ७८हजार ५५ पुगेको छ । २६ हजार ४०० जनालाई निको भएको छ भने मृतक २ हजार ५५१ पुगेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस