BREAKING : कोरोना संक्रमित ९ थपिए, बाँकेमा ८ र मकवानपुरमा १ थपिँदा जम्मा संक्रमित २५८ पुग्यो !

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७७ जेष्ठ २, शुक्रबार (३ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

जेठ २, काठमाडौं । आज बिहान ९ जना थपिएसँगै नेपालमा कोरोना भाइरस संक्रमितको संख्या २ सय ५८ पुगेको छ । नेपालगञ्जमा थप ८ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । स्वास्थ्य मन्त्रालयले जारी गरेको विज्ञप्ति अनुसार बाँके नैनापुर वडा १,३ र ५ का १८ देखि ३६ वर्षीय पुरुषहरुमा संक्रमण देखिएको हो ।

यस्तै वाग्मती प्रदेशको मकवानपुरमा समेत भाइरसको संक्रमण देखिएको छ । मकवानपुरका ३७ वर्षीय पुरुषमा संक्रमण देखिएको हो । यससँगै नेपालभर २ सय ५८ मा संक्रमण देखिएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस