महंगा बन्दै अभिनेता प्रदीप खड्का , ५० लाखको समेत अफर !

  • अनलाइन केन्द्र
  • / मनोरञ्जन /
  • २०७५ भाद्र २, शनिबार (६ साल अघि)
  • १९ पटक पढिएको
Post Thumbnail

भाद्र २,काठमाडौँ । अभिनेता प्रदीप खड्कालाई बक्सअफिसमा पैसा छाप्ने मेशिन भनिन थालिएको छ । उनलाई लिएपछि निर्माताको लगानी सुरक्षित हुने पक्का जस्तै हुन्छ । ‘प्रेमगीत’ हुँदै ‘लिलिबिली’ सम्म आइपुग्दा उनको लोभलाग्दो ‘फ्यान क्रेज’ बनेको छ ।

उनी फिल्म क्षेत्रमा सर्वाधिक चर्चामा मात्र छैनन्, महंगा पनि बन्दै गएका छन् । ‘लिलिबिली’ मा २५ लाख पारिश्रमिक लिएर अनुबन्ध भएका उनलाई अहिले ५० लाखको समेत अफर आइरहेको छ ।

भाद्र २२ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘रोज’ को प्रचारमा व्यस्त प्रदीपलाई हाल ३ तीनबाट ५० लाखको अफर आएको छ । तीनै फिल्मको उनले वान लाइन स्टोरी पनि सुनिसकेका छन् । स्रोतका अनुसार, उनले केही दिनमा तीनमध्ये एक फिल्म साइन गर्दैछन् ।

प्रदीपले ५० लाखको अफर आएपनि साइन नगरिसकेको बताए । उनी भन्छन्, ‘पारिश्रमिक ठूलो कुरा होइन । कथावस्तु र भूमिका राम्रो लागे मात्र फिल्म गर्छु ।’ उनी ५० लाखको अफर आएका तीनमध्ये एक फिल्म गर्ने सोचमा भने देखिएका छन् ।

स्रोतका अनुसार, प्रदीपले निर्माता डक्टर सिंह गुरुङको अनटाइटल प्रोजेक्ट गर्ने लगभग पक्कापक्की भएको छ । उक्त फिल्मलाई भेट्रोन निर्देशक उज्जवल घिमिरेले निर्देशन गर्न सक्नेछन् । निर्माता गुरुङ, प्रदीपलाई ५० लाख र निर्देशक घिमिरेलाई ३५ लाख दिन तयार छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस