धादिङको गल्छी गाउँपालिका वडा नं ८ कटुवाल पौवा गाउँ सिल

Post Thumbnail

जेठ २,धादिङ । विहीवार कोरोना भाइरसबाट संक्रमित हुनेहरु मध्ये १ जना धादिङको गल्छी गाउँपालिका वडा नं ८ कटुवाल पौवाको रहेपछि गाउँलाइ सिल गर्ने जिल्ला सुरक्षा समितिले निर्णय गरेको छ । शुक्रवार विहान जिल्ला सुरक्षा समितिका संयोजक प्रमुख जिल्ला अधिकारी अस्मान तामाङको अध्यक्षता र त्यस क्षेत्रका जनप्रतिनिधिहरुसहितको संयुक्त वैठकले गाउँलाइ शील गर्ने निर्णय गरेको हो ।

गल्छी गाउँपालिका वडा नं ८ को पुर्वमा चैनपुर चुली, पश्चिममा नेपाली सेना ६ नम्वर बाहिनी अड्डा, उत्तरमा महेशखोला र त्रिशुली नदी तथा दक्षिणमा पृथ्वीराजमार्गको गल्छी बजारबाट नुवाकोट जाने सडक वीचको क्षेत्रलाइ शील गर्ने निर्णय भएको हो । यी चारकिल्ला भित्र आगामी जेठ ६ गते राती १२ बजेसम्मका लागि संक्रामक रोग ऐन अनुसार निषेधाज्ञा जारी गर्दे शील गर्ने निर्णय भएको छ ।

संक्रमित व्यक्तिको अस्थायी बसोबास रहेको चन्द्रागिरि नगरपालिकाको अमरबस्ती (सतुङगत क्षेत्र)मा पनि सजगता अपनाउन नगरपालिकालाई जानकारी गराउने समेत निर्णय गरिएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस