दीगो विकासको लक्ष्य प्राप्तीमा कोरोना ठूलो व्यवधान खडा : सरकार

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७७ जेष्ठ २, शुक्रबार (३ साल अघि)
  • १  पटक पढिएको
Post Thumbnail

जेठ २, काठमाडौं । सरकारले कोरोना भाइरसका कारण उत्पन्न असामान्य परिस्थितिका कारण दीगो विकासको लक्ष्यप्राप्तीमा ठूलो व्यवधान खडा भएको ठहर गरेको छ । सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले दीगो विकासको लक्ष्यमा व्यवधान आएको बताइन् ।

राष्ट्रपति भण्डारीले कोरोनासँग लड्न मौजुदा स्वास्थ्य सेवा तथा सुविधा अपर्याप्त रहेको प्रष्ट भएको पनि बताइन् । उनले संसारभरकै स्वास्थ्य सेवा र सुविधामा यसले चुनौति दिएको बताइन् ।
भण्डारीले कोरोनाका कारण पर्यटन ध्वस्त भएको र उद्योग बन्द व्यवसाय बन्द हुने अवस्थामा पुगेको पनि बताइन् ।

ताजा अपडेट

खोजी गर्नुहोस