२ सय ५८ जना कोरोना संक्रमितमा ३६ जना निको भए, अति आवश्यक नपरी अस्पताल नजान आग्रह

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७७ जेष्ठ २, शुक्रबार (३ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

जेठ २, काठमाडौं । सरकारले शुक्रवारसम्म २३ हजार ९ सय २४ जनाको पीसीआर प्रविधिमार्फत् कोरोना भाइरस परीक्षण गरेको छ । आरडीटीबाट ६३ हजार ८५ जनाको परीक्षण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले १ हजार २ सय ५० जनाको गत २४ घण्टामा पीसीआर परीक्षण गरिएको बताए ।

उनका अनुसार १५ हजार ६ सय ८३ जना क्वारेन्टाइनमा छन् । यस्तै आइसोलेसनमा बस्नेको संख्या शुक्रवार बढेको छ । कोरोना भाइरसको संभावित संक्रमितका रुपमा २ सय ६७ जना आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ । उपत्यकामा मात्रै संम्भावित कोरनाका संक्रमित आइसोलेसनमा २७ जना छन् । ३ सय ६३ जना भने स्वमूल्याङ्कन मार्फत् रेड जोनमा परेका छन् । उद्यपुरका एक पुरुष कोशी अस्पतालबाट डिस्चार्ज भएका छन् । जम्मा ३६ जना शुक्रवारसम्म निको भएका छन् ।

शुक्रवार देखिएका ९ जना संक्रमितसँगै नेपालमा संक्रमितको संख्या २ सय ५८ जना पुगेका छन् । मन्त्रालयले अत्याश्यक नपरी कोही पनि अस्पताल नजान आग्रह गरेको छ । अडियो मार्फत् सोधिएको प्रश्नमा मन्त्रालयका प्रवक्ता विकास देवकोटाले कोही पनि अत्यावश्यक नपरी अस्पताल नजान आग्रह गरेका छन् । उनले जानै पर्ने भएमात्रै अस्पताल जान आग्रह गरे ।

ताजा अपडेट

खोजी गर्नुहोस