संघ र सातै प्रदेशमा अत्याधुनिक सरुवा रोग अस्पताल निर्माण हुने

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७७ जेष्ठ २, शुक्रबार (३ साल अघि)
  • १  पटक पढिएको
Post Thumbnail

जेठ २, काठमाडौं । सरकारले संघमा ३०० शैय्याको अत्याधुनिक अस्पताल निर्माण गर्ने भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार आर्थिक वर्ष २०७७,७८ को नीति तथा कार्यक्रमबारे जानकारी दिँदै संघ र सातै प्रदेशमा सरुवा रोग अस्पताल निर्माण गर्ने जानकारी दिएकी हुन् ।

स्वास्थ्य मन्त्रालयले कोरोना भाइरस कोभिड१९ को विश्वव्यापी महामारी मध्यनजर गर्दै संघ र प्रदेशमा सुविधा सम्पन्न सरुवा रोग अस्पताल बनाउने प्रस्ताव गरेको थियो । स्वास्थ्य मन्त्रालयले संघमा ३०० बेड र सात प्रदेशमा पनि सुविधा सम्पन्न सरुवा रोग अस्पताल स्थापना गर्ने प्रस्ताव गरेको थियो । हरेक प्रदेशमा जनस्वास्थ्य प्रयोगशालाको सम्पूर्ण संरचना निर्माण गरी आगामी आर्थिक वर्ष अन्त्यसम्ममा सञ्चालनमा ल्याउने प्रस्ताव गरेको थियो ।

ताजा अपडेट

खोजी गर्नुहोस