म्यानपावर व्यवसायीलाई सरकारको नीति तथा कार्यक्रम नुन बिनाको तरकारी : निवर्तमान अध्यक्ष, गुरुङ

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७७ जेष्ठ ३, शनिबार (३ साल अघि)
  • १  पटक पढिएको
Post Thumbnail

जेठ ३, काठमाडौं । सरकारको ल्याएको आगामी वर्षको नीति तथा कार्यक्रममा वैदेशिक रोजगार व्यावसायीलाई बेवास्ता गरेको प्रति नेपाल वैदेशिक रोजगार व्यवसायी संघका निवर्तमान अध्यक्ष रोहन गुरुङले दुःख व्यक्त गरेका छन । वार्षिक ८ खर्ब रेमिट्यान्स भित्र्याउन सहयोगीको भुमिका निर्बाह गरि बिदेशी मुद्रा संचितिमा सहयोग गर्ने वैदेशिक रोजगार व्यावसायीलाई सरकारले उपेक्षा गरेको गुरुङले गुनासो गरे ।

कुनै सीप नभएका युवाहरुलाई सीप युक्त बन्ने अबसर जुटाउने वैदेशिक रोजगार व्यावसायी, करिब ५६ घरधुरीको चुलो बाल्न सहयोगी बनेका वैदेशिक रोजगार व्यावसायी तर हामीलाई सरकारले नीति कार्यक्रम मार्फत समबोधन गरेन । संघीय संसदको संयुक्त वैठकमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै सम्माननीय राष्ट्रपति विद्यादेवी भण्डारी स्वदेशमै नव प्रर्वद्धनकारी काम गर्न चाहने युवाहरु र विदेशबाट फर्किएका युवाहरुलाई सीप र क्षमताको आधारमा सुरुवाती पुँजी ऋण उपलब्ध गराउन श्रम बैंकको स्थापना गर्ने घोषणा गर्नु भएको निर्णय सुन्न पाउदा खुशी लागेको बताए ।

तर वर्तमान अवस्थामा कोरोना भाइरस कोभिड–१९ का कारण स्वदेशमा पर्याप्त रोजगारी नहुनु र विदेशमा पनि रोजगारीको अवसर खुम्चने खतरा रहेकोले बेरोजगारी समस्या बढने देखिएको भन्दै कृषि, उत्पादन मुलक क्षेत्र, निर्माण लगाएत अन्य क्षेत्रहरुमा व्यापक रोजगारी सिर्जना गर्दै युवाहरु परिचालन गर्ने नीति तथा कार्यक्रम स्वागत योग्य लागेको उनले बताए ।

सीपयुक्त र दक्ष श्रमिकको अभाव पुरा गर्न सीप विकासका सबै कार्यक्रम एकीकृत रुपमा परिचालन गर्ने र स्थानीय तहमा घुम्ती तालिम दिने, प्रधानमन्त्री रोजगार कार्यक्रमलाइ सीपयुक्त बनाउँदै बेरोजगार लक्षित कार्यक्रमका रुपमा विकास गर्ने लगायतको नीति सरकारको योजना सहि नै भएको उनले प्रतिक्रिया दिएका छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस