(कोरोनाअपडेट) बिश्वभर ३ लाख ८ हजारभन्दा बढीको मृत्यु, संक्रमित ४६ लाख २१ हजारभन्दा धेरै !

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७७ जेष्ठ ३, शनिबार (३ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

जेठ ३, काठमाडौं । कोरोना भाइरस कोभिड–१९ का कारण विश्वभर ज्यान गुमाउनेको संख्या ३ लाख ८ हजार १३१ पुगेको छ । शनिबार विहानसम्म विश्वभर संक्रमितको संख्या ४६ लाख २१ हजार ८२ पुगेको छ । अमेरिकामा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ८८ हजार ४८४ पुगेको छ । बेलायतमा ३३ हजार ९९८, इटलीमा ३१ हजार ६१०, स्पेनमा २७ हजार ४५९ जनाको मृत्यु भएको छ ।

हालसम्म संक्रमित मध्ये १७ लाख ५५ हजार १२ जना निको भएर घर फर्किसकेका छन् । २५ लाख ५७ हजार ९३९ संक्रमितको उपचार भइरहेको छ । यसमध्ये ४५ हजारको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस